जेष्ठ ४, २०८१ शुक्रबार

ब्युटी पार्लर तालिम सुरु

बिर्तामोड । युवा पुस्ताका महिलाहरूको क्षमता र सीपको विकास गरी आत्मनिर्भर बनाउने उद्देश्यले बिर्तामोडमा निशुल्क तीन महिने (ब्युटि पार्लर) आधारभूत तालिम शुरू भएको छ ।

बिर्तामोडस्थित महिला मुक्ति अभियान र युनिक मोडल ब्युटिपार्लरको संयुक्त आयोजनामा सञ्चालन गरिने तालिमको बिर्तामोडमा आयोजित एक कार्यक्रमका बीच बिर्तामोड नगरपालिकाका वडा नं ५ का वडाध्यक्ष रोहित प्रसाईंले उद्घाटन गरेका थिए ।

महिला मुक्ति अभियानकी अध्यक्ष राधा सुब्बाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रसाई अतिथिहरु किराँत याक्थुङ, चुम्लुङका बिर्तामोड अध्यक्ष हिमाल कन्दङ्वा, नेपाल डोरी तान संघकी कोशी प्रदेश उपाध्यक्ष हिमा पौडेल, महिला उद्यमी नेपालकी अध्यक्ष शुष्मा पौडेल लगायतले शुभकामना मन्तव्य राख्दै सौन्दर्य कला सिकेर आफैं मात्रै प्रयोगमा ल्याउन सके पनि महिलाहरुको सौन्दर्यमा हुने ठूलो धनराशी बचत हुने धारणा राखेका थिए ।

महिला मुक्ति अभियानकी सचिव पूर्णावती लिम्बुले सञ्चालन गरेको कार्यक्रममा औचित्यमाथि आयोजकका तर्फबा धनु कन्दङ्वाले गरेकी थिइन् । तालिममा झापाका विभिन्न पालिका तथा इलामका सहित ४० जना बढी सहभागी भएका थिए ।

प्रकाशित मिति : जेष्ठ २, २०८० मंगलबार  ७ : २४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]