जेष्ठ ४, २०८१ शुक्रबार

बुट्टाबारी–प्याकुरेल चोक सडकखण्ड शिलान्यास, ५१ करोड लागत

बिर्तामोड । बिर्तामोड नगरपालिकाको नगर गौरवको आयोजनाका रुपमा रहेको बुट्टाबारी–प्याकुरेल चोक सडक खण्डको स्तरोन्नतिका लागि शिलान्यास भएको छ ।

बुट्टाबारीमा आज आयोजित एक समारोहकाबीच ६ दशमलब २ किलोमिटर लम्वाई रहेको सडकको शिलान्यास भएको हो । कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख पवित्रादेवी महतारा प्रसाईले सडक शिल्यास गर्दै सो सडक नगर गौरवको आयोजनाका रुपमा रहेको बताइन् ।

विश्व बैंकको ५१ करोड २९ लाख ६१ हजार ३७२ रुपैयाँको लागतमा निर्माण हुने सो सडक दुई वर्ष भित्र सम्पन्न गर्ने सम्झौंता भएको छ । १२ मिटर चौडाई रहेको यो सडकलाई ७ मिटरमा कालोपत्रे गरिने बताइएको छ । सडकको दाँया वाँया डे«न निर्माण गरिने छ भने सडकको दुवै तर्फ सडक बत्ती, गार्डेन , फुटपाथ रहने छ ।

सडक निर्माणका लागि आरपी–साप–समता जेभीले ठेक्का पाएका छन् भने परामर्श दाताका रुपमा डीभी मल्टीशिल्ट उदयगंगा रिदाग आरसी जेभी रहेका छन् । सडकले बिर्तामोड ६, ७ र ८ नम्वर वडा जोड्दै सदरमुकाम चन्द्रगढी जान सहज हुने छ । सडकको विषयमा नगरपालिकाका इञ्जिनियर नरेन्द्र श्रेष्ठले प्रकाश पारेका थिए ।

बिर्तामोड नगरपालिका वर्डा नम्वर ६ का वडाध्यक्ष सूर्य कन्दङवाको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिकाका निर्वतमान मेयर ध्रुवकुमार शिवाकाटी, नेकपा एमालेका बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई , राप्रपाका जिल्ला उपाध्यक्ष ध्रुव उप्रेती, नेकपा माओवादीका जेवी जवेगू लगायतले शुभकामना मन्तव्य राखेका थिए । बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले स्वागत गरेको कार्यक्रमको सञ्चालन नगरपालिकाका वरिष्ठ योजना अधिकृत जय तिम्सिनाले गरेका थिए ।

प्रकाशित मिति : जेष्ठ २, २०८० मंगलबार  २ : ३२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]