जेष्ठ ४, २०८१ शुक्रबार

  हज कमिटीका अध्यक्ष उर्जा मन्त्रालयबाट पक्राउ

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा भएको करोडौँ ठगी प्रकरणमा अर्का व्यक्ति पनि पक्राउ परेका छन् ।

नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँलाई प्रहरीले बिहीबार सिंहदरबारस्थित ऊर्जामन्त्रालय परिसरबाट पक्राउ गरेको हो।
प्रहरी स्रोतका अनुसार उनी सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा पुगेको अवस्थामा प्रहरीको नियन्त्रणमा परेका हुन्। उनलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौंमा लगेको छ।

मियाँले उक्त प्रकरणमा बिचौलियाहरुका लागि हज समितिको सरकारी गाडी प्रयोग गर्न दिएको खुलेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।
यससँगै नक्कली शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १५ पुगेको छ।

यो प्रकरणमा यसअघि पूर्वउपप्रधानमन्त्री रायमाझी, पूर्वगृहमन्त्री खाँण, नेपाल सरकारका सचिव पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा। इन्द्रजित राई, खाँणका निजी सचिव नरेन्द्र केसी पक्राउ परेका थिए।

त्यसैगरी नेपाली कांग्रेसका पूर्व सांसद आङटावा शेर्पा, सन्देश शर्मा, टोपबहादुरका छोरा सन्दीप, रामशरण केसी, गोविन्द चौधरी, सागर राई, टंकबहादुर गुरुङ, केशव दुलाल र सानु भण्डारी पक्राउ परिसकेका छन्। पक्राउ पुर्जी जारी गरिएका अन्य दुईजना फरार छन्।

प्रकाशित मिति : जेष्ठ ४, २०८० बिहीबार  १ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]