जेष्ठ ४, २०८१ शुक्रबार

लागुऔषध नियन्त्रण राष्ट्रिय नीति, २०८० को तर्जुमा अन्तिम चरणमा

बिर्तामोड । सरकारले लागुऔषध नियन्त्रण राष्ट्रिय नीति, २०८० को तर्जुमा अन्तिम चरणमा पु¥याएको छ ।

गृहमन्त्रालय, काठमाडौँ महानगरपालिका र सामुदायिक सारथीले आज यहाँ संयुक्तरुपमा आयोजना गरेको ‘लागुऔषध दुव्र्यसन अपराध न्यूनीकरण तथा ओसारपसार नियन्त्रणको अवस्था र यस प्रक्रियामा देखिएका चुनौती’ विषयक कार्यक्रममा यस क्षेत्रका समस्या समाधानका लागि नयाँ नीति तर्जुमा अन्तिम चरणमा पुगेको जानकारी गराइएको हो ।

कार्यक्रममा मन्त्रालयको लागुऔषध नियन्त्रण शाखाका प्रमुख उपसचिव विश्वमित्र कुइँकेलले २०६३ को नीति पुरानो भएकाले नयाँ तर्जुमा गरिएको जानकारी दिनुभयो । उहाँले केही महिनामा नयाँ नीति सार्वजनिक हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल प्रहरीको लागुऔषध नियन्त्रणका प्रहरी नायब उपरीक्षक नारायण रञ्जितकारले ‘समुदाय प्रहरी साझेदारी’का माध्यमबाट लागुऔषध नियन्त्रणका विषयमा देशभर जनचेतना जगाउन सफल भएको जानकारी गराउनुभएको थियो ।

प्रकाशित मिति : जेष्ठ ५, २०८० शुक्रबार  ४ : ४४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]