जेष्ठ ४, २०८१ शुक्रबार

बिर्तामोडको बुधबारे हटिया २४ घण्टाभित्र खाली गर्न माइकिङ

बिर्तामोड । बिर्तामोड नगरपालिकाले बुधबारे हटिया खाली गराउन माइकिङ शुरु गरेको छ । आज साँझबाट नगरपालिकाले बुधबारे हटियाको घर, टहरा खाली गर्न माइकिङ थालेको हो । अहिले नगर प्रहरीले माइकिङ गरिरहेका छन् ।

२४ घण्टाभित्र बजार क्षेत्रको घर टहरा खाली गर्न भन्दै माइकिङ गरिएको छ । निर्धारित समयभित्र व्यापारीले घर टहरा खाली नगरेमा कानुन बमोजिम नगरपालिकाले बल प्रयोग गरेर अघि बढ्ने जनाइएको छ । शनिवार साँझसम्म व्यापारीहरुले घर, टहरा एवम् संरचनाहरु खाली नगरे नगरपालिकाले आफै हटाउने बुझिएको छ । हटाउन लाग्ने खर्च समेत व्यापारीहरुबाटै असुली गरिने बताइएको छ ।

बिर्तामोड नगरपालिकाले कानुन बमोजिम सूचना प्रकाशन गरेर व्यवसायीहरुलाई ठाउँ खाली गर्न यसअघि नै सूचित गराइसकेको छ । व्यापारीले अटेरी गरेपछि नगरले कानुन बमोजिम अघि बढ्ने तयारी गरेको हो ।

बिर्तामोडका राजनीतिक दलहरुको सहमतिमा सर्वपक्षीय सहमति पछि नगर कार्यपालिकाले सो क्षेत्रमा बहुतले व्यवसायिक भवन बनाउने निर्णय गरेको थियो । केहि दलले व्यापारीको वैकल्पिक व्यवस्थापनको माग राखेका थिए । वैकल्पिक व्यवस्थापनका लागि सिटी सेन्टर उपयुक्त भएपनि व्यापारीले त्यहाँ जान मानेनन् ।

प्रकाशित मिति : जेष्ठ ५, २०८० शुक्रबार  ७ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]