जेष्ठ ४, २०८१ शुक्रबार

बिर्तामोड खानेपानीको निर्वाचनमा कांग्रेस-राप्रपाको भागवण्डा मिलेन

बिर्तामोड । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आसन्न निर्वाचनमा कांग्रेस र राप्रपाबीचको तालमेल अनिश्चित भएको छ । तालमेल अनिश्चित भएपछि आज निर्धारित पत्रकार सम्मेलन समेत रोकिएको थियो ।

बिर्तामोडस्थित वाणिज्य संघको सभाहलमा आयोजना गरिएको पत्रकार सम्मेलन भागभण्डा नमिल्दा रद्द भएको हो । पत्रकारहरु सम्मेलन नहुने बुझेपछि फर्किएका थिए ।

जेठ १५ गते हुने निर्वाचनमा कांग्रेस र राप्रपाले तालमेल गरेर जाने सहमति थियो । तर, भागवण्डामा राप्रपाले चित्त नबुझाएपछि तालमेल रोकिएको छ । दुई दलबीच तालमेल हुँदा राप्रपाले सम्मानजनक सहभागिताको अपेक्षा गरेको थियो, राप्रपा झापाका अध्यक्ष केशव ओझाले भने – साथीहरुले हाम्रो मागमा लचकता देखाउनुभएन । हामी आफ्नो उम्मेदवारी दिएर जान्छौं । उपभोक्ताहरुको बीचमा हाम्रो पनि जाँच हुनेछ ।

राप्रपाले एक पदाधिकारी र तीन सदस्य दावी गरेको बुझिएको छ । तर, राप्रपालाई कुनै पनि हालतमा पदाधिकारी नदिने कांग्रेसको अडानले तालमेल रोकिएको हो । पत्रकार सम्मेलनका लागि तोकिएको समयभन्दा अघि दुई दलका नेताहरुबीच अतिथी सदनमा बैठक बसेको थियो ।

 

प्रकाशित मिति : जेष्ठ ५, २०८० शुक्रबार  ९ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]