बैशाख २०, २०८१ बिहीबार

वडाबासीलाई विकासमा अपनत्व अनुभूति गराउँछु

विर्तामोड नगरपालिका वडा नम्बर १ ले यस चालू आर्थिक वर्षमा भौतिक पूर्वधारको क्षेत्रमा उल्लेखनीय काम गरेको पाइएको छ । यस वडाले आफ्नो कुल बजेटको ७८ दशमलव २७ प्रतिशत रकम भौतिक पूर्वधार तर्फ विनियोजन गरेको छ ।

यस वडाको आफ्नो बजेट एक करोड १५ लाख हुँदा भौतिक पूर्वधारको निम्ति ९० लाख र बाँकी रहेको २५ लाख भने सामाजिक क्षेत्रको प्रवद्र्धनात्मक क्षेत्रमा विनियोजन गरेको छ । यस वडाले आफ्नो बजेटबाट भौतिक पूर्वधार तर्फ १५ ओटा योजनाहरुमा गर्ने लक्ष्य राखेको थियो । जसमध्ये १४ वटा योजनाको काम भने सम्पन्न भइसकेको छ । त्यसै गरी यस वडाले यस चालू आर्थिक वर्षमा वडा गौरव अन्र्तगत समावेश भएको धिमाल बस्ती जाने सडक निर्माणको काम भने गर्न नसकेको पाइएको छ ।

धिमाल बस्ती जाने सडक निर्माणका निम्ति वडाले २५ लाख विनियोजन गरेको थियो । यो योजनाको कुल खर्चको ८० प्रतिशत रकम वडा कार्यालयल व्यहोर्ने र बाँकी २० प्रतिशत रकम उपभोक्ताले जम्मा गर्नुपर्ने थियो । तर, उपभोक्ताबाट उठ्न पर्ने २० प्रतिशत रकम नउठे पछि यो काम सम्पन्न गर्न नसकिएको वडाध्यक्ष अग्नी प्रसाद पाण्डेले बताए । उनले आउँदो आर्थिक वर्षको पहिलो प्राथमितामा रहेको बताएका छन् । उनले विकासमा नागरिकहरुलाई पनि अपनत्वको अनुभूति गराउन स्थानीय तहका सबै योजनाहरु ६०/४० र ८०/२० प्रतिशत स्थानीय सरकार र नागरिकहरुको लागत सहभागितामा सम्पन्न हुने गरेको जानकारी दिए ।

यस आर्थिक वर्षमा विर्तामोड वडा नम्बर १ ले पूर्वधारका तर्फमा १४ वटा योजना तथा कार्यक्रमहरु सम्पन्न गरेको छ । यस आर्थिक वर्षमा वरपिपल टोल हरी लाल राजवंशी दिनेश थापा र भरत उप्रेती घर जाने सडक निर्माणका साथै बराल गाउँको सडक निर्माण, हिमाली टोल सरस्वती लिम्बूको घर जाने सडक निर्माण, हनुमान मन्दिर छेऊ तथा दक्षिण ३ नं. सीमानासम्म प्लम ड्रेन निर्माण, कालिका मार्ग ओम विमलीको घर जाने बाटो प्लम तथा ग्राबेलिङ निर्माण, जानकी श्रीकृष्ण टोलको प्लम निर्माण निरन्तरता गर्दै ग्राबेल समेत गरेको छ । यसै गरी श्रीजंगा नचानु र करुवा भिट्टा तथा गणेश गौतमको घरसम्मको प्लम निर्माण, विनिता तामाङ घर जाने सडकमा प्लम निर्माण निरन्तरता दिदैं बुद्धटोल प्रकाश भण्डारीको घर–श्रीराम चोक जोड्ने सडकमा प्लम निर्माणको कामलाई समेत निरन्तरता दिएको पाइएको छ ।

यसै गरी वडा नम्बर १ मा साना मझौला पूर्वधार जन्य कार्यक्रम, बडापत्र डिजिटलाइजेसन गर्ने, वडा कार्यालय भवन रंगरोगन मर्मत, प्रेम केरुङ घर जाने बाटो प्लम ग्रोल मेखलाल कुमाल निरन्तरता नगद, पन्चकन्या सोसाइटी, विन्दवासिनी मन्दिरको आँखी झ्याल निर्माण र राम नगरदेखि सतार बस्तीमा जाने सडकमा प्लम निर्माण तथा ग्राबेलको काम सम्पन्न गरेको छ ।

विर्तामोड वडा नम्बर १ ले सामाजिक क्षेत्रको प्रवद्र्धनात्मक विकासमा पनि उल्लेखनीय काम गरेको पाइन्छ । यस वडाले भौतिक पूर्वधारको विकाससँगै नागरिकहरुको चौतर्फी विकासका निम्ति सामाजिक क्षेत्रको प्रवद्र्धनात्मक विकासमा २५ लाख रुपैयाँ विनियोजन गरेको छ । यो रकम कुल बजेटको २१ दशमलव ७३ प्रतिशत रकम हो ।

वडा कार्यालयले यस रकमबाट युवा उद्यमशिलताको तालिम, सार्वजनीक क्षेत्रको सौन्दर्यकरण, स्नायीय संस्कृतिको प्रर्वद्धन लगायतका १५ वटा कार्यक्रमहरु सञ्चालन गरेको छ । यस आर्थिक वर्ष विपन्न युवा लक्षित लघुउद्यम तथा स्वरोजगार कार्यक्रम, टोल विकास संस्थाका पदाधिकारहरुलाई जीविकोपार्जन सशक्तीकरण तालिम, गर्भवती महिलाको लागि स्वास्थ्य तथा सुत्केरी पोषण कार्यक्रम, विपन्न दीर्घरोगीहरुलाई औषधी उपचार तथा राहत कार्यक्रम, खुल्ला दिसामुक्त कार्यक्रमका लागि सेफ्टी ट्याङ्की निर्माण, कृषकहरुलाई गाई भैसी सुत्केरी पोषण कार्यक्रम, सार्वजनीक सौन्दर्यीकरण कार्यक्रम र सडक बत्ती मर्मत तथा सुधार कार्यक्रम सम्पन्न भएको छ ।

यसका साथै थानीय संस्कृति प्रवद्र्धन (लोकबाजाहरु खरिद तथा मर्मत), वालक्लब गठन तथा सञ्चालन सहयोग, युवा तथा खेलकुद विकास कार्यक्रम, कला तथा साहित्य प्रतिष्ठान प्रर्वद्धन तथा सहयोग, वडाको कार्यक्रम उत्पादन प्रसारण तथा प्रचार प्रसार कार्यक्रम र ट्रनेला च्याउ खेतीको लागि बिउबिजन वितरण लगायतका कार्यक्रमहरु सम्पन्न गरेको छ ।

विर्तामोड वडा नम्बर १ ले आफ्नो बजेटबाट विनियोजित कार्यक्रमहरु मध्ये एउटा कार्यक्रम मात्र सम्पन्न गर्न नसकेको पाइएको छ । बाँकी २९ वटा कार्यक्रमहरु सम्पन्न भएको छ । यसका सथै यस वडाले ‘जहाँ समस्या त्यही समाधा’ नीति अवलम्बन गरेको अध्यक्ष पाण्डेले बताए । उनले नागरिलाई समस्या परेकै ठाउँमा तत्काल समाधान दिन सके मात्रै स्थानीय सरकारको औचित्य रहने भएकाले यस नीति अवलम्बन गरेको बताए ।

यस वडाका नगरका पाँच वटा नगरस्तरीय कार्यक्रमहरु पनि सञ्चान भएका थिए । ति पाँचै वटा कार्यक्रमहरु सम्पन्न भइसकेको अध्यक्ष पाण्डेले बताउनु भयो । उहाँले यस वडामा करिव ४९ लाख रुपैयाँ बराबरको पाँच वटा नगरस्तरीय कार्यक्रमहरु सम्पन्न भएको जानकारी दिनुभयो । यस वडाका रु. १० लाख रकममा विभूती मार्ग प्रभात थापाको घर अगाडि कल्भर्ट निमार्ण, रु. १० लाख रकममा वडा कार्यालय उक्तर संगम मार्गमा पेवर्स लगाउने, रु. आठ लाख रकममा पारिजात टोलको बाटो पेवर्स लगाउने, रु. आठ लाख रकममा रत्न मार्ग भानु ओलीको घर हुँदै पश्चिम पेवर्स लगाउने र रु. १३ लाख रकम झापा नाटक घरको निमार्ण तथा संरक्षणको काम सम्पन्न भएको छ ।

यसका साथै प्रदेश सरकारले यस वडा र वडा नम्बर ४ दुवै वडालाई फाइदा हुने गरी सडक निर्माण विनियोजित रकमको काम पनि सम्पन्न भइसकेको छ । प्रदेश सरकारले गणेशमान मार्ग पश्चिम स्टेन देखि दक्षिण वडा नम्बर ४ को सीमासम्म कालो पत्रे गर्ने काम सम्पन्न गरेको छ ।

वडा अध्यक्ष अग्नि प्रसाद पाण्डेले प्रदेश सरकारमा अरु पनि थुप्रै योजना माग गरे पनि यो एउटा योजनाको निम्ति मात्र बजेट प्राप्त गरेको बताए । यसका साथै संघीय सरकारले आफ्नो वडामा कुनै पनि योजनाका निम्ति बजेट नदिएको गुनासो पनि गरेका छन् ।
प्रस्तोता – गगन ढकाल

प्रकाशित मिति : असार १, २०८० शुक्रबार  ९ : ५० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]