बैशाख २१, २०८१ शुक्रबार

भद्रपुरका डकर्मीहरुलाई भूकम्प प्रतिरोधी भवन निर्माण तालिम

भद्रपुर । झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकाभित्र रहेका भवन निर्माणकर्मी ९डकर्मी०–हरुलाई भूकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धी पुनर्ताजगी तालिम प्रदान गरिएको छ ।

नगरभित्रका डकर्मीहरुलाई भूकम्प प्रतिरोधी घर निर्माणका लागि पूर्ण दक्ष बनाउने बनाउने उद्देश्यले भद्रपुर नगरपालिकाले डिलाइट इञ्जिनियरिङ कन्सल्टेन्सी भद्रपुरको प्राविधिक सहयोगमा तालिम प्रदान गरेको हो ।
तीन दिवसीय सो तालिमको एक समारोहका बीच मंगलबार भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेलले गरेका थिए । भद्रपुर नगरपालिका विपद् व्यवस्थापन शाखा प्रमुख तथा सस्चना अधिकारी नेत्र पोखरेलको अध्यक्षतामा आयोजित उद्घाटन समारोहको सञ्चालन डिलाइट इन्जिनियरिङ कन्सल्टेन्सीका सञ्चालक केशवप्रसाद अधिकारीले गरेका थिए ।

बिहीबार समापन गरिएको तालिममा भद्रपुर क्षेत्रका ३६ जना निर्माणकर्मीको सहभागिता रहेको र तालिममा इञ्जिनियर मो। अरसर अलि र इञ्जिनियर अंकित दाहालले प्रशिक्षण दिएका थिए भने भद्रपुर नगरपालिका नक्शा शाखा अधिकृत उप्रेन्द्रनाथ पौडेल र अमिन शैलेश श्रेष्ठले सहजीकरण गरेका थिए । समापनका अवसरमा सहभागीहरुलाई प्रमाणपत्रसमेत प्रदान गरिएको डिलाइटका सञ्चालक अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : असार १, २०८० शुक्रबार  ७ : ०९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]