बैशाख २०, २०८१ बिहीबार

पत्रकार महासंघ झापालाई प्रेस चौतारीको अल्टिमेटम

बिर्तामोड । नेपाल पत्रकार महासंघ झापालाई प्रेस चौतारीले आइतवार १२ बजेसम्ममा माग पुुरा गर्न अल्टिमेटम दिएको छ । प्रेस चौतारी झापाले आइतवार १२ बजेभित्र माग पुरा नगरे थप आन्दोलनका कार्यक्रम घोषणा गरेर जनो चेतावनी दिएको छ ।

प्रेस चौतारीले सदस्यता शुद्धीकरण मापदण्डको पूर्ण पालना गर्न माग राखेको छ । नेपाल पत्रकार महासंघ झापाले मापदण्डको पालना नगरी आफुखुशी शुद्धीकरण गरेको भन्दै प्रेस चौतारी आन्दोलित बनेको छ । सक्रिय पत्रकारलाई मापदण्डको अपव्याख्या गरेर हटाउने र निष्कृय पत्रकारलाई शुद्धीकरण नगर्ने पत्रकार महासंघलाई तत्काल गल्ति सच्याउन माग गरेको छ ।

बिहीवार देखि चौतारीले महासंघको जिल्ला कार्यलयमा धर्ना सुरु गरेको छ । आज पनि धर्ना बस्दै चौतारीले महासंघलाई सच्चिन अल्टिमेटम दिएको छ । धर्ना कार्यक्रममा सम्बोधन गर्दै प्रेस चौतारीका कोशी प्रदेश अध्यक्ष अविजाल विष्टले शुद्धीकरण मापदण्ड पालना गरौं भन्दा पत्रकार महासंघ भागिरहेको बताए । पत्रकार महासंघ झापाले शुद्धीकरण अभियानको मर्म विपरित पत्रकारहरुमाथि राजनीति गरेको धारणा राखे । उनले शुद्धीकरणलाई सफल बनाउन मापदण्डको पूर्ण पालना अनिवार्य रहेको बताएका छन् ।

यस्तै, प्रेस चौतारी झापाका उपाध्यक्ष प्रदीप परियारले सदस्यता शुद्धीकरणमा पत्रकार महासंघ गम्भीर नभएको बताएका छन् । उनले मापदण्ड विपरित गरिएको शुद्धीकरण अस्वीकार्य हुने बताए । ‘हामी मापदण्ड पालना गरौं भनिरहेका छौं, महासंघ हुदैन भन्दै भागिरहेको छ’ उनले भने – यहि अवस्थाबाट महासंघ अघि बढेरहे भण्डार फोर गर्दै जानेछौं । महासंघले ध्यान दियोस् ।

झापामा चौतारीले सदस्यता शुद्धीकरण मापदण्डको पालना हुनुपर्ने माग गर्दै आइरहेको छ ।

प्रकाशित मिति : असार १, २०८० शुक्रबार  ८ : १६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]