जेष्ठ ४, २०८१ शुक्रबार

शिवसताक्षीको पहिलो वर्ष : उल्लेख्य विकास, उत्साहित नगरवासी

झापाको शिवसताक्षी नगरपालिकाले दोस्रो कार्यकालको पहिलो वर्षमा उल्लेख्य काम गरेको छ । शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार क्षेत्रमा नगरपालिकाले गरेको कयौं कामहरुका कारण पहिलो वर्ष सफल भएको छ । युवा सोच भएका नगर प्रमुख रोशन थोप्रा र उपप्रमुख नरमाया कार्कीको नेतृत्वप्रति नगरवासी खुशी छन् । नगरभित्रको विकासलाई हेर्दा शिवसताक्षी नगरपालिका अन्य पालिकाको तुलनामा अगाडि छ । यहाँको धार्मिक पर्यटकीय क्षेत्रको विकासमा सोही अनुरुप पालिकाको योजना भएको देखिन्छ ।

चालू आर्थिक वर्ष २०७९-८० मा यथेष्ट प्रगति गरेको नगरपालिकाले पहिलो कार्यकालको प्रगति पनि सार्वजनिक गरेको छ । उक्त प्रगति विवरणले पनि शिवसताक्षी विकासको गतिमा रहेको स्पष्ट हुन्छ ।

चालू आवमा १ अर्ब २६ करोड ९९ लाख तीन हजार आठ सय तीस रुपैयाँ बजेट भएको यस नगरले भौतिक पूर्वधारका साथै सामाजिक विकास, शिक्षा, स्वास्थ्य, कृषि, पशु तथा पर्यटनको क्षेत्रमा उल्लेखनीय काम गरेको छ । शिवसताक्षी नगरपालिकाले चालू आर्थिक वर्ष २०७९-८० मा भौतिक पूर्वधार तर्फ आफ्नो कुल बजेट मध्ये १८ करोड १२ लाख रुपैयाँ विनियोजन गरेको थियो । यसका साथै भौतिक पूर्वधार अन्र्तगत अघिल्लो आर्थिक वर्षको योजनाहरुको रकम भुक्तानीका निम्ति तीन करोड ४० लाख रुपैयाँ विनियोजन गरेको छ ।

भौतिक पूर्वधारका क्षेत्रमा नगरको श्रोतबाट रंगियथान तथा मंगलवारे पारावारी कालोपत्रे सम्पन्न भइसकेको छ । साथै माइधार दोमुखामा कालोपत्रे गर्ने काम जारी रहेको नगर प्रमुख मेगाहाङ्ग थोप्रा ९रोशन० ले बताएका छन् । यसका साथै झिलझिले, दुधे शिवगञ्ज तथा धरमपुर पारावारी कालोपत्रे सडक मर्मत गरेको शिवसताक्षीले वडा कार्यालयको निर्माण लगभग सकेको छ । झिलझिले बसपार्कमा २ वटा ब्लक भवन निर्माण सम्पन्न भइसकेको नगर प्रमुख थोप्राको भनाई रहेको छ ।

यसका साथै नगरले आफ्नो कार्यालयहरुको व्यवस्थानमा पनि ध्यान पुराएको पाइएको छ । शिवसताक्षीमा यसै चालू आ।वान वडा नं ९ को वडा कार्यालय भवन निर्माण सम्पन्न भई कार्यालय समेत संचालन भएको छ भने वडा नं। १० को वडा कार्यालय भवन निर्माण अन्तिम चरणमा रहेको छ । वडा नं। ३ मा ४ वटा जनता आवास भवन सम्पन्न भएको छ । दुधे रंगशाला निर्माणाधिन अवस्थामा रहेको नगर प्रमुख थोप्राले जानकारी दिए । त्यसै गरी विभिन्न दर्जन भन्दा वढी तटवन्धहरु निर्माण गरी धरधरे तथा कटान नियन्त्रण गरिएको प्रगति विवरणले देखाएको छ ।

नगर प्रमुख थोप्रालनगरवासीको हितमा निरन्तर क्रियाशिल रहने प्रतिवद्धता जनाएका छन् । उनले स्रोतसाधनको उपलब्धता र नीति नियमको परिधिमा रहेर जनसेवामा क्रियाशिल भइरहेको बताए ।

नगर प्रमुख थोप्राले भौतिक पूर्वाधार,कृषि तथा पशु, पर्यटन क्षेत्र, सामाजिक तथा सांस्कृतिक विकास, शिक्षा, स्वास्थ्य, वातावरण तथा विपद व्यवस्थापन, सार्वजनिक सेवा तथा सुशासन,नीतिगत सुधार लगायतका बारेमा प्रगति विवरण सार्वजनिक गरिसकेका छन् ।

शिवसताक्षी नगरपालिकाले कृषि क्षेत्रको विकासका निम्ति यस आर्थिक वर्षमा उल्लेखनीय काम गरेको बुझिएको छ । शिवसातक्षीले चालू आ।वमा कृषि क्षेत्रको विकासको निम्ति ९० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो भने पशु क्षेत्रको विकासको निम्ति ६० लाख रुपैयाँ रकम विनियोजन गरेको थियो । नगर प्रमुख थोप्राले कृषि क्षेत्रमा व्यापाक काम गरेको दावी गरेका छन् । कृषि तथा पशुको क्षेत्रमा नगरवासीको आवश्यकतालाई मध्यनजर गर्दै काम गरिएको उनको भनाई छ । कृषि बजार निर्माणदेखि नगरपालिकाले पकेट क्षेत्रमा अनुदान वितरण, मल र विऊमा अनुदान, साझेदारीमा ३ सय किसानलाई मोटर तथा पाइप वितरण गरिएको मेयर थोप्राले जानकारी दिए । उनका अनुसार नगरले खाद्यन्न सुकाउने ड्रायर मेसिन खरिदका लागि टेण्डर प्रक्रिया अघि बढाइसकेको छ । धान उत्पादन वृद्धिका लागि काम गर्दै आएको नगरले टनेल वितरणको योजनालाई अन्तिम चरणमा पुराएको छ । च्याउ तथा पशु पालनको वृद्धि विकासका लागि प्रोत्साहन कार्यक्रम सञ्चालन गर्दै औषधि वितरण गरिरहेको नगरले खोपहरु समेत प्रदान गर्दै आएको छ ।

शिवसताक्षीले कृषि विकास तर्फ चालू आ व मा कृषिको यान्त्रिीकीकरण र आधुनिकीकरणको विकासका लागि ३०० थान सिचाई मोटर, ४४२ थान प्लास्टिक टनेल, ४० थान मल्चिङ्ग प्लास्टिक, आदि सामाग्रीहरु वितरण गरेको छ । यसैगरी माटोको गुणस्तर सुधारका लागि माटो शिविर संचालन, गडयौला मल निर्माण र भकारो सुधार तालिम र प्रर्दशन संचालन गरेको छ । माटोको गुणस्तरीयता र उत्पादकत्वमा कृषि क्षेत्रको विकास निर्भर भएकाले गर्दा यसमा लगानी गरिएको नगर प्रमुख थोप्राको भनाई छ ।

शिवसताक्षीले कृषिको माध्यमबाट नागरिहरुको जीवनस्तर सुधार गर्नका निम्ति खाधान्न, तेलहन लगायत एक समूह एक उत्पादन कार्यक्रम संचालन गरेको छ । यसलाई कार्यक्रमलाई थप व्यवस्थित गर्न शिवसताक्षीले धान र मकैको पकेट क्षेत्रको पनि निर्माण गरेको छ । शिवसताक्षिले वडा नं। २ लाई धान वालीको पकेट क्षेत्रको रुपमा विकास गरिरहेको छ भने वडा नं। ४ लाई मकै वालीको पकेट क्षेत्र निर्धारण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्न विभिन्न कार्यक्रम संचालन गरिरएको पाइएको छ ।

शिवसताक्षी नगरपालिकाले विदेशबाट फर्किएका युवाहरुलाई देशमै टिकाउने योजनाका साथ च्याउ, तरकारी र मह उत्पादनमा जोड दिइएको छ । यसका साथै साना कृषकहरुलाई लक्षित गरी तरकारीको विउ वितरणको कार्यक्रम पनि सञ्चालन गरिरकेको छ ।

शिवसताक्षीमा तराई सिंचित कृषि प्रवर्द्धन परियोजना जाइका नेपालको सहकार्यमा वडा नं। ७ र ५ मा बजारको माग अनुसार उत्पादनमा जोड दिएको छ । कृषि उत्पादन बेचबिखनको लागि कृषि बजारहरुको निर्माण गरेको छ । साथै एक नगरस्तरीय शिवगंज कृषि थोक बजारको निर्माण भइरहेको नगर प्रमुख थोप्राले बताए ।

यस्तै, नगरले पर्यटन विकासका लागि पूर्वाधार निर्माणलाई जोड दिएको छ । सताक्षीधाम तथा चिल्लागढको पर्यटकीय विकासका लागि आवश्यक पूर्वाधार निर्माणमा जोड दिएको नगर प्रमुख थोप्राले जानकारी दिए । आन्तरिक पर्यटन विकासका लागि दोमुखा, सताक्षीधाम र चिल्लागढमा लगानी बढाइएको छ । उनले भने – शिवगञ्ज बजार क्षेत्रमा पूर्वाधार तयार गरी कृषि पर्यटनको रुपमा विकास गरिनेछ ।

त्यसैगरी पर्यटन क्षेत्र तर्फ दोमुखामा स्वीमिङ्ग पुलको निर्माण, आदिवासी जनजाति संग्रहालयको निमार्ण अन्तिम चरणमा पुगेको, नुनमति खोलामा झोलुङ्गे पुल निर्माणाधिन अवस्थामा रहेको छ । साथै चिल्लागढ र सतासीधाममा पर्यटन पूर्वाधारका थप कार्यहरु भएको छ ।

निर्वाचित भएपछि नगर प्रमुखले गरेको पहिलो निर्णय पुरा भइसकेको छ । प्रमुख थोप्राले नगरमा आगलागीबाट धनजनको क्षति बढेपछि दमकल खरिद गर्ने पहिलो निर्णय गरेका थिए । सोही निर्णय अनुसार दमकल खरिद गरेर काममा प्रयोग गरिसकेको जानकारी दिए । दमकलको प्रयोगबाट केहि समयअघि भारतीय भूभागमा समेत आगलागी नियन्त्रणमा सहयोग गरेको बताए ।

उनले एम्बुलेन्स तथा शव वहानको व्यवस्थापन गरिसकेको नगरपालिकाले सबै जाति, समुदाय र संकृतिको उत्थान तथा प्रवद्र्धन गर्ने काम गरिरहेको जानकारी दिए । धार्मिक एवम् पर्यटकीय क्षेत्रहरुमा सडक वत्ती जडानको काम समेत सम्पन्न गरिसकेको जानकारी दिए ।

शिवसताक्षी नगरपालिकाले शिक्षा युवा तथा खेलकुद क्षेत्रको विकासको निम्ति एक करोड ७० लाख १० हजार रुपैयाँ रकम विनियोजन गरेको थियो । नगर प्रमुख थोप्राले शिक्षा क्षेत्रमा गुणस्तर सुधार र भौतिक पूर्वाधारमा अधिकत प्रयास गरिरहेको जानकारी दिए । उनले प्रयास अनुरुप सुधार नभएपनि विगतमा भन्दा धेरै सुधार आइसकेको जानकारी दिएका छन् । शिक्षा क्षेत्रमा धेरै लगानी गर्ने सोच हुँदाहुँदै पनि नसकिएको स्वीकार गर्दै थोप्राले नगरमा निजी विद्यालयहरुको तुलनामा केहि सामुदायिक विधालयहरुले धेरै राम्रो प्रगति गरिरहेको बताए । उनले पठन संस्कृतिको विकासका लागि ज्ञान घर व्यवस्थापनको काम भइरहेको जानकारी दिए । नगर प्रमुख थोप्राले विधार्थी कार्यक्रमलाई थप प्रभावकारी बनाउदै शिक्षक, कर्मचारीको क्षमता विकासका कार्यक्रमहरु सञ्चालन गरिएको बताए ।

नगरले शिवगञ्जमा १५ शैयाको अस्पताल निर्माणलाई अन्तिम चरणमा पुराएको छ भने सवै वडाहरुमा आधारभूत स्वास्थ्यचौकीको स्थापना तथा जनशक्तिको व्यवस्थापन मिलाइएको नगर प्रमुख थोप्राले जानकारी दिए । उनका अनुसार स्वास्थ्य क्षेत्रमा आइपर्ने विपद समाधानका लागि संयन्त्र निर्माण गरिएको बताए । नगरका कर्मचारी तथा जनप्रतिनिधिहरुको क्षमता विकासमा प्राथमिकता दिएको शिवसताक्षीले सेवा प्रवाह चुस्त र प्रभावकारी बनाइएको छ । उनले राजश्व परिचालनमा सुधार आएको बताए । ठेक्का बाहेकको १८ प्रतिशतले राजश्व वृद्धि भएको जानकारी दिएका छन् ।

नगर उपप्रमुख नरमाया कार्कीले न्याय सम्पादन र महिलाहरुको निमित्त भएका कामहरुको बारेमा जानकारी दिदैं न्यायिक समितिबाट अधिकांश मुद्दा मेलमिलाप भइरहेको बताइन् । कार्कीले भनिन् ‘न्यायिक समितिबाट नमिलेका कतिपय मुद्दाहरुलाई अदालत पठाइने गरिएको छ ।’

प्रमुख प्रशासकीय अधिकृत अमृत बहादुर राईले शिवसताक्षीमा सेवा प्रवाहलाई प्रभावकारी बनाइएको दावी गरेका छन् । उनले आगामी दिनमा थप प्रभावकारी बनाउदै जाने प्रतिवद्धता समेत व्यक्त गरे ।

मंगलबारे–पाराबारी सडक कालेपत्रे
झापा शिवसताक्षी नगरपालिका –२ स्थित मंगलबारे र पाराबारी जोड्ने सडक कालोपत्रे गरिएको छ । शिवसताक्षी नगरपालिका वडा नं। २ र स्थानीय उपभोक्ताहरुको साझेदारीमा उक्त सडक कालोपत्र भएको हो ।

शिवसताक्षी नगरपालिकाबाट विनियोजित ६१ लाख ६० हजार, वडा नं. २ को कार्यालयबाट विनियाजित बजेट १८ लाख, स्थानीय उपभोक्ताहरुबाट संकलित १९ लाख ९८ हजार ७०५ गरी ९९ लाख ९८ हजार ७०५ रुपैयाँको लागतमा सडक कालोपत्रे भएको शिवसताक्षी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले जानकारी दिए । सडक ९४५ मिटर कालोपत्रे भएको छ भने, सोही सडक वडा नं. ३ पर्ने २०० मिटर पनि कालोपत्रे भएको छ ।

जसमा वडा नं। ३ को कार्यालयले १४ लाख र स्थानीय उपभोक्ताले ३ लाख ७५ हजार संकलित रकमबाट थप सडक कालोपत्रे भएको हो । दुई चरणमा कालो पत्रे भए पनि हाल मंगलबारे देखि पाराबारीको ११२४ मिटर पुरै सडक कालोपत्रे भएको शिवसताक्षी नगरपालिकाल नगरप्रमुख मेगाहाङ्ग थोप्राले जनकारी दिए । शिवसताक्षी कै पुरानो बजार मंगलबारे र पाराबारी जोड्ने सडक आवश्यकताको आधार मै कालोपत्रै गरिएको नगरप्रमुख थोप्राले जानकारी दिए । उनले सडक कालोपत्रे गर्न पूर्ण बजेट नहुँदा नगरपालिका, दुवै वडाको शिलिङ्ग बजेट र स्थानीय उपभोक्ताहरुको साझेदारीमा सडक कालो पत्रे गर्ने काम सम्पन्न भएको बताए ।

सडक कालोपत्रे भएपछि स्थानीयबासीले खुसी व्यक्त गरेका छन् । मंगलबारे बजारबाट पाराबारी जाने भित्री बाटो यहाँका स्थानीय बासी र व्यापारीहरुका लागि अति नै आवश्यक रहेको स्थानीय नेत्र प्रसाद विमलीले जानकारी दिए । उनले भने, बाटो कालोपत्रे भएसँगै यहाँका स्थानीयबासी, मंगलबारे र पाराबारीका व्यापारीहरु धेरै उत्साही बनेका छन् । कच्ची बाटोका कारण मानिसहरु धरमपुरबाट सिधै पाराबारी जाने गरेका थिए । अब मंगलबारे बजार हुँदै पाराबारी जाने क्रम बढ्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : असार ११, २०८० सोमबार  ६ : ३० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]