जेष्ठ ४, २०८१ शुक्रबार

कोशी प्रदेशमा अर्को सरकार बन्ने अवस्था छैन : एमाले

विराटनगर : नेकपा एमालेका कोशी प्रदेशसभा सदस्य लिलाबल्लभ अधिकारीले अर्को सरकार बन्ने अवस्था नरहेकाले सबै दलले यहि सरकारलाई समथर्न गरेर अघि बढ्नुपर्ने बताएका छन् ।

मुख्यमन्त्री हिक्मत कार्कीले पेस गरेको विश्वासको मत सम्बन्धि प्रस्तावका विषयमा छलफलका क्रममा बोल्दै प्रदेशको स्थायित्व कायम राख्न सबै दलहरु मिलेर जानुको विकल्प नरहेको बताए ।

प्रदेशमा एमाले र राप्रपा मिल्दा ४६ र विपक्षी गठबन्धनमा पनि ४६ सांसद रहेकाले अर्को सरकार बन्ने अवस्था नरहेको उनको भनाइ छ ।

राजनीतिमा स्थायी सत्रु र मित्र नहुने भएकाले हिजो भएका कमिकमजोरीलाई आतमसात गर्दै अघि बढ्न उनले दलहरुलाई आग्रह गरेका छन् । वर्तमान सरकालाई विश्वासको मत नदिए कोशी प्रदेशमा मध्यावधिको सम्भावना उच्च रहेको उनले बताए । उनले भने, ‘अर्को सरकार बन्ने विकल्प पनि हुनुपर्यो नि, त्यसैले यो सरकारले विश्वासको मत पाएन भने प्रदेश मध्यावधि निर्वाचनको बाटोमा जान्छ ।’

प्रकाशित मिति : असार १४, २०८० बिहीबार  ६ : ४८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]