जेष्ठ ६, २०८१ आईतबार

बाटो विग्रिएपछि बिर्तामोडको फोहोर व्यवस्थापनमा कठिनाई

बिर्तामोड । झापाको बिर्तामोडमा डम्पिङ साइड जाने बाटो विग्रिएपछि फोहोर व्यवस्थापनमा कठिनाई भएको छ । बिर्तामोड नगरपालिकाले वडा नं. ७ मा डम्पिङ गर्दै आएको थियो । वर्खायामले बाटोमा पटक-पटक समस्या आएपछि तत्काललाई फोहोर व्यवस्थापनका लागि नयाँ ठाउँको खोजी समेत भइरहेको छ ।

बाटो समस्याका कारण डम्पिङ गर्न नसकिए पछि वडा नं. १ मा बाटो खनेर फोहोर पुरिएको छ । धेरै दिनको फोहोर ट्याक्टरमा राख्दा झनै दुर्गन्ध हुने भएपछि ४ ट्याक्टर फोहोर पुरिएको हो । फोहोर व्यवस्थापन गरिएको ठाउँमा स्थानीय जग्गाधनी र ३ सय मिटरमा घर रहेको परिवारसँग अनुमति लिइएको थियो । स्थानीयको अनुमतिमा फोहोर व्यवस्थापन गरिएको वडाध्यक्ष अग्निप्रसाद पाण्डेले जानकारी दिए । उनका अनुसार तत्काललाई समस्या भएपछि वैकल्पिक उपाय अपनाइएको हो । फोहोर व्यवस्थित रुपमा गाडिएको छ, उनले भने – फोहोरले बाहिर प्रभावित हुने अवस्था छैन । दुर्गन्ध पनि छैन ।

बाटोमा फोहोर गाढिएको विषयलाई लिएर केहि व्यक्तिहरुले विरोध जनाएका छन् । फोहोरले मानव स्वास्थ्यमा असर गर्ने भन्दै स्थानीय जनक खड्का लगायतले विरोध जनाएका छन् । यता, वडाध्यक्ष पाण्डेले मानप स्वास्थ्यलाई समस्या नहुने गरी फोहोरको व्यवस्थापन गरिएको दावी गरे ।

बाटोमा फोहोर गाढेको भन्दै वडा नं. १ मा सोमवार तालावन्दी समेत गरिएको थियो । वडामा लगाइएको ताला प्रहरीले तत्काले खोलेको छ ।

बिर्तामोड नगरपालिकाले कुहिने फोहोरको व्यवस्थापन कनकाई बिर्ता अर्जुन नविकरणीय उर्जा परियोजनामा गर्न थालिसकेको छ भने नकुहिने फोहोर व्यवस्थापनमा अहिलेलाई कठिनाई भएको बताइएको छ । फोहोर व्यवस्थापन गर्न कठिनाई भएका कारण निराकारले संकलन समेत गर्न सकिरहेको अवस्था छैन । फोहोर संकलनका लागि निराकार नआएप्छि बिर्तामोडबासी नागरिक आक्रोसित बनेका छन् ।

प्रकाशित मिति : भाद्र ५, २०८० मंगलबार  ११ : २८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]