जेष्ठ ६, २०८१ आईतबार

वडाध्यक्षलाई कार्यवहाक अध्यक्ष कार्यान्वयन नगर्न कमल गापालाई अन्तरिम आदेश

बिर्तामोड । उच्च अदालत विराटनगरले कमल गाउँपालिकालाई अन्तरिम आदेश दिदैं वडाध्यक्षलाई कार्यवहाकको रुपमा काम गर्न दिएको जिम्मेवारी कार्यन्वयन नगर्न भनेको छ । गाउँपालिका अध्यक्ष हुकुम राईले उपाध्यक्ष हुँदाहँदै वडाध्यक्षलाई कार्यवहाक दिएर जापान गएका छन् ।

कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपानेले वडाध्यक्षलाई कार्यवाहक दिएको विरुद्धमा उच्च अदालतमा मुद्धा दायर गरेपछि उच्च अदालतले यस्तो आदेश दिएको हो । स्थानीय सरकार सञ्चालन ऐन-२०७४ विपरित गाउँपालिका अध्यक्षले वडाध्यक्ष अशोक सुब्बालाई कार्यवहाकको जिम्मेवारी दिएका थिए ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले अध्यक्षलाई वडाध्यक्षको मातहतमा रहने परिकल्पना नगरेको र पदीय तथा व्यक्तिगत मानमर्दन भएको भन्दै न्यौपानेले रिट दर्ता गराएकी थिइन् । उच्च अदालतले रिट निवेदनको अन्तिम टुङगो नलागेसम्म कार्यान्वयन नगर्न आदेश गरेको छ ।

प्रकाशित मिति : भाद्र ५, २०८० मंगलबार  ५ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]