जेष्ठ ६, २०८१ आईतबार

युवा संघ मेचीनगरको विवाद समाधान, भदौं १५–१६ मा अधिवेशन

बिर्तामोड । राष्ट्रिय युवा संघ नेपाल मेचीनगरको अधिवेशनको मिति तोकिएको छ । भदौ १५, १६ गते अधिवेशन गर्ने निर्णय भएको नेकपा एमाले झापाका इञ्चार्ज बिशाल भट्टराईले जानकारी दिए ।

मेचीनगरमा तीन वर्षदेखि आन्तरिक विवादका कारण संगठन सक्रिय हुन सकेको थिएन । युवा संघको विवाद समाधानका लागि इञ्चार्ज भट्टराईले आज राखेको बैठकले अधिवेशनको मिति तोकेको हो ।

स्थानीय पार्टी कमिटीको अभिभावकत्व अधिवेशन गर्ने इञ्चार्ज भट्टराईले जानकारी दिए । लामो समयको विवादका कारण संगठनमा समस्या आएपछि अधिवेशनका लागि भट्टराईले प्रस्ताव गरेका थिए । उनको प्रस्तावलाई मेचीनगरको पार्टी नेतृत्व, युवा संघका नेता कार्यकर्ता समेतले सहमति जनाएका हुन् ।

विवाद समाधानका लागि पार्टीका पोलिटव्यूरो सदस्य एवम् झापा इञ्चार्ज भट्टराई, जिल्ला अध्यक्ष दिपक कार्की, एमाले नेता विष्णु प्रसाई, जिल्ला सचिव शिव ढुङगेल, मेचीनगर अध्यक्ष राजु पोखरेल सहित युवाहरुबीच बैठक सम्पन्न भएको हो ।

प्रकाशित मिति : भाद्र ७, २०८० बिहीबार  ७ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]