जेष्ठ ६, २०८१ आईतबार

झापामा डेंगी परीक्षण तीब्र

गगन ढकाल

बिर्तामोड । देशभर डेंगीको प्रभाव दिन प्रतिदिन बढिरहेको छ । झापामा पनि डेंगीले दिन प्रतिदिन प्रभाव बढाइरहेको छ । झापामा हालसम्म १५ सय बढीलाई डेंगी संक्रमण भएको छ भने एक जनाको मृत्यु भइसकेको छ ।

स्वास्थ्य कार्यालय झापाको तथ्यांक अनुसार झापामा डेंगी रोगको स्थिति भयावह बन्दै गइरहेको छ । झापामा हालसम्म चार हजार पाँच सय आठ जनालाई परीक्षण गर्दा एक हजार पाँच सय ६२ जनामा डेंगी सक्रमित देखिएको जिल्ला स्वास्य कार्यालयका सूचना अधिकारी चुणामणि लुइँटेलले जानकारी दिए । यसै गरी हाल ६७ जना अस्पतालमा उपचाररत रहेको उनले बताए ।

झापाका सबै पालिकामा डेंगीले प्रभाव पारिसकेको सूचना अधिकारी लुइँटेलले बताए । जिल्ला स्वास्थ्य कार्यालयले भने अस्पतालहरुको आधारमा तथ्यांक संकलन गरेको छ । उनका अनुसार सबै झापाका पालिकाहरुका आधारभूत तहभन्दा माथिका सबै सरकारी स्वास्थ्य केन्द्र र अस्पतालहरुले डेंगीको परीक्षण गरिरहेको उनले बताएका छन् । झापाभर हाल डेंगी परीक्षण हुने एक सय ४० वटा सरकारी स्वास्थ्य केन्द्र र अस्पतालहरु रहेका छन् । यि स्वास्थ्य केन्द्रहरुमा नागरिकहरुले केही मात्रामा निःशूल्क र बाँकी न्यूनतम शूल्कमा डेंगी परीक्षण गरिरहेको सूचना अधिकारी लुँटेलले जानकारी दिए ।

डेंगी किटबाट परीक्षण हुने भएकाले अन्य संस्थागत अस्पताल वा क्लिनिकहरुमा परीक्षण भएको तथ्यांक जिल्ला स्वास्थ्य कार्यालयसँग नभएको सूचना अधिकारी लुँटेलले बताए । उनले भने, ‘झापामा डेंगीको परीक्षण व्यापक रुपमा भइरहेको छ ।’

झापा स्वास्थ्य कार्यालयले डेंगी परीक्षणको किट पालिकाहरु मार्फत प्रायः सबै अस्पतालहरुमा पु¥याएको छ । यसरी स्वास्थ्य कार्यालयले प्रदान गरेको किटको उपलब्धतामा भने डेंगीको परीक्षण निःशूल्क हुने जिल्ला स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन निरीक्षक युवनाथ बरालले बताए । उनले यस किटको प्रयोग गर्न पूर्व बिरामीहरुको सिबिसि परीक्षण गर्दा प्लेटलेट्को मात्रा घटेको पाइएमा मात्र प्रयोग गर्ने मापदण्ड रहेको बताए ।

जिल्ला स्वास्थय कार्यालय झापाले हालसम्म आठ सय ८० वटा किट विभिन्न पालिकाहरुलाई प्रदान गरेको छ । कार्यालयले कचनकवल गाउँपालिकालाई ४५, हल्दीबारी गाउँपालिकालाई ९०, दमक नगरपालिकालाई २०, गौरिगञ्ज गाउँपालिकालाई ५०, कमल गाउँपालिकालाई ४०, मेचीनगर नगरपालिकालाई ३०, गौरादह नगरपालिकालाई ६५, शिवसतासी नगरपालिकालाई ६०, अर्जुनधारा नगरपालिकालाई १२०, बिर्तामोड नगरपालिकालाई १२०, बाह्रदशी गाउँपालिकालाई ७०, भद्रपुर नगरपालिकालाई ७० र कनकाई नगरपालिकालाई १०० वटा डेंगी परीक्षण किट प्रदान गरेको छ ।

बुद्धशान्ति गाउँपालिका र झापा गाउँपालिकाबाट किटको माग नभएको कारण त्यहाँ उपब्ध नगराएएको जिल्ला स्वास्थ्य कार्यालयका कर्मचारी विशाल घिमिरेले बताए । डेंगी लक्ष्यणको आधारमा उपचार गरिने रोग हो । यो बिराम लाग्दा ज्वरो आउने, प्रेसर घट्ने, रगतमा सिबिसिको मात्रा घट्ने हुन्छ । यस रोगको उपचार गर्ने ठ्याक्कै औषधी नबनेका कारणले हाल यसको प्रभावलाई कम पार्न लक्ष्यणको आधारमा यसको उपचार हुने जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी सूचना अधिकारी लुइँटेलले बताए ।

सरकारी अस्पतालहरुमा डेंगी परीक्षण शूल्क तिरेर गर्न परे छ सय लाग्ने गरेको छ । जुन किटको मुल्य भएको अस्पतालहरुले बताएका छन् ।

प्रकाशित मिति : भाद्र ८, २०८० शुक्रबार  ११ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]