बैशाख २०, २०८१ बिहीबार

आजको मौसम : लगातारको झरी आजदेखि कम हुँदै जाने

बिर्तामोड । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरमा छ । साथै नेपालमा अहिले भारतको उत्तर प्रदेशको उत्तरपूर्वी क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्र र बङ्लादेशको उत्तरी भू–भागमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव छ ।

केही दिनदेखि परेको लगातारको वर्षा आजदेखि कम हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिम क्षेत्रबाट मौसम केही सुधार हुँदै गएको र आजदेखि मौसममा केही सुधार आउने मौसमविद् सञ्जीव अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “लगातारको वर्षा भने आजबाट रोकिने छ, तर देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना कायमै रहने छ ।”

आज दिउँसो मधेस र लुम्बिनी प्रदेशका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको मौसमविद् अधिकारीले जानकारी दिनुभयो । गए राति कोशी, मधेस, गण्डकी र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षा भएको र अहिले कोशी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । काठमाडौँ उपत्यकामा आज आंशिकदेखि सामान्य बदली रही हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमपूर्वानुमान महाशाखाद्वारा प्रकाशित बुलेटिनमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : भाद्र १०, २०८० आईतबार  १२ : १९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]