जेष्ठ ६, २०८१ आईतबार

बिर्तामोडको मुक्तिचोकमा एक युवकको शव फेला

बिर्तामोड । झापाको बिर्तामोडस्थित मुक्ति चौक नजिकै एक युवाको शव फेला परेको छ । चोक नजिकै रहेको प्रसाई सुपर मार्केटअगाडि एक व्यक्ति मृत फेला परेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

ढलभित्र मृत अवस्थामा भेटिएका युवकको पहिचान खेलेको छैन । शव फेला परेको ठाउँमा उनले प्रयोग गरेको साईकलसमेत भेटिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्कीले साइकलसहित ढलमा लढेर मृत्यु भएको हुन सक्ने बताएका छन् । शवको कानुनी प्रक्रिया पुरा गरेर उठाउने तयारी भइरहेको बताइएको छ ।

प्रकाशित मिति : भाद्र ११, २०८० सोमबार  ९ : १८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]