जेष्ठ ६, २०८१ आईतबार

कनकाई नहरमा ३८ वर्षीय पुरुषको शव फेला

शिवसताक्षी । झापाको शिवसताक्षी– १० स्थित कनकाई नहरमा एक जना युवकको शव फेला परेको छ ।

आज विहान स्थानीय ३८ वर्षीय विष्णु चिमरियाको शव फेला परेको प्रहरीले जनाएको छ । मंगलबार बेलुकी ८ बजेबाट हराइएको चिमरिया आज विहान माइधारदेखि करिब २ किमी दक्षिण आइतबारे स्थित कनकाई नहरमा भेटिएको वडाध्यक्ष हर्क सिगुले जानकारी दिए ।

चिमरियाको शवलाई पोष्टमार्टमका लागि मंगलबारे लगिएको छ भने घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : भाद्र १३, २०८० बुधबार  १० : ४८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]