जेष्ठ ६, २०८१ आईतबार

कचनकवलको शिक्षक छनौट परीक्षामा ‘उत्तर चुवाहट’, विश्वसनीयतामाथि प्रश्न उठ्यो

बिर्तामोड । झापाको कचनकवल गाउँपालिकामा अंग्रेजी शिक्षक छनौट परीक्षामाथि प्रश्न उठेको छ । परीक्षाको एक दिनअघि उत्तरहरु ‘पास गराउनु पर्ने’ परीक्षार्थीलाई पठाइएको भेटिएपछि स्थानीय अगुवाले प्रश्न उठाएका हुन् ।

गाउँपालिकाले आधारभुत तहका लागि निजी दुई जना अंग्रेजी शिक्षक नियुक्ती गर्न परीक्षा सञ्चालन गरेको थियो । गाउँपालिकाले गत जेठ १० गते सूचना जारी गरेर शिक्षकको लागि विज्ञापन खुलाएको थियो । पालिकाले साउन ३२ गते स्थानीय लक्ष्मी माविमा परीक्षा सञ्चालन गरेको थियो ।

शिक्षक नियुक्तिका लागि गाउँपालिका परीक्षा सञ्चालनका लागि प्रमुख प्रशासकीय अधिकृतलाई सतितिको संयोजक तोक्ने व्यवस्था छ । तर, कार्यपालिकाले चाहेको खण्डमा निर्णय गरेर अर्को व्यक्तिलाई संयोजक बनाउन सक्ने बताइएको छ ।

उक्त परीक्षा पूर्व उत्तर सार्वजनिक भएको प्रमाण फेला परेपछि गाउँपालिकाले नियक्त गर्ने नगर्ने भन्ने बारे अन्यौलता प्रकट गरेको छ । प्रमुख प्रशासकीय अधिकृत हिरा कुमारी यादवले परीक्षाका बारेमा विभिन्न कुराहरु उठेकाले सहजै नियुक्ती दिएन जान नसकिने बताइन् । उनले भनिन्, मैले हिजो उत्तर लेखिएको कागज भेटेपछि छक्क परेको छु । विज्ञलाई सोधपुछ गर्ने काम पनि भएको छ । परीक्षाको विश्वसनीयतामाथि प्रश्न उठेपछि छलफल गरेर निर्णय लिने सोच छ ।

परीक्षा सञ्चालनका लागि शिक्षा शाखा प्रमुख सचिव, प्रशासनको कर्मचारी र विषय विज्ञ समितिमा रहने व्यवस्था छ । कचनकवलको अहिलेसम्मका सबै परीक्षाहरुमा विज्ञका रुपमा डिल्ली पोखरेलले नै काम गरेको पाइन्छ । अधिकांशले परीक्षा विश्वसनीय नभएको भन्दै पुनःपरीक्षाका लागि माग समेत गरिएको छ ।

अंग्रेजी महिनाको अगस्ट १७ तारिख ९ बजेर ४० मिनेटमा उत्तरहरु लेखिएको कागजात इजलासले फेला पारेको छ । विज्ञ पोखरेलले परीक्षार्थीसँग पैसा लिएर उत्तर पठाएको हुन सक्ने आशंका स्थानीयहरुले गरेका छन् ।
साउन ३२ गते सकिएको परीक्षाको नतिजा आइसकेको छ । तर, परीक्षा समितिले हालसम्म नियुक्तिका लागि सिफारिस नगरेको प्रमुख प्रशासकीय अधिकृत यादवको भनाई छ ।

गाउँपालिकाका सूचना अधिकारी केशव मैनालीले आज पनि परीक्षा रहेको जानकारी दिए । उनले गाउँपालिकाको ११ जना निजी शिक्षकका लागि परीक्षा हुन लागेको हो । हिजो पहिलो पत्र भएको थियो भने आज दोस्रो पत्रको परीक्षा हुने भएको हो । साढे ११ बजे सुरु गर्नुपर्ने परीक्षा अहिलेसम्म सुरु हुन सकेको छैन ।

विज्ञ मार्फत ‘उत्तर चुवाहट’ भएको आशंका लागेपछि आज सञ्चालन हुन लागेको परीक्षाको प्रश्न परिवर्तन गर्न आग्रह गरिएको थियो । गाउँपालिकाभित्रबाटै प्रश्न परीवर्तन गर्नुपर्छ भन्ने आवाज उठेपछि आजको परीक्षा ढिलाई भएको हो । सोही विषयमा गाउँपालिकामा छलफल समेत चलिरहेको छ ।

प्रकाशित मिति : भाद्र १३, २०८० बुधबार  ११ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]