जेष्ठ ६, २०८१ आईतबार

युवालाई बेलैमा बचाउन बिर्तामोड-३ मा लागूऔषध नियन्त्रण अभियान सुरु

बिर्तामोड । सामाजिक रुपमा ठुलो समस्या बन्दै गएको लागूऔषध विरुद्ध बिर्तामोड –३ ले अभियान सञ्चालन गर्ने भएको छ । अभियान बारे वडा नं. ३ का अध्यक्ष मदन बुढाथोकीले बुधबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएका छन् ।
नगरमै लागुऔषधको हव बनिरहेको बिर्तामोड ३ मा वडा कार्यालयले युवाहरुलाई कुलतबाट बेलैमा बचाउने अभिप्रायका साथ अभियान सुरु गरिएको वडाध्ययक्ष बुढाथोकीले बताए ।

लागुऔषध विरुद्ध सञ्चालन गरिने अभियान अन्तर्गत हरेक हप्ता कार्यक्रम संचालन गरिने बताइएको छ । पहिलो चरणमा वडाभित्र रहेका विद्यालय र क्याम्पसमा कार्यक्रम गरिने भएको छ । त्यसपछि टोल विकास समितिहरुमा कार्यक्रम गरिने वडाध्यक्ष बुढाथोकीले जानकारी दिए । कार्यक्रममा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी , जनप्रतिनिधि तथा पूर्व प्रयोगकर्ताले प्रशिक्षण प्रदान गर्ने छन् । त्यस्तै बिर्तामोड ३ मा रहेका ३० वटा टोलको सबै विवरण सुरक्षित गर्ने , पेशा र व्यवसायसहितको सबैको परिचय खुल्ने विवरण अनिवार्य गर्न लगाइने उनले बताए ।

पत्रकार सम्मेलनका प्रमुख अतिथि नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले सामाजिक रुपमा समस्या बन्दै गएको लागूऔषध नियन्त्रणमा सबैका प्रयास जरुरी रहेको बताए । उनले चालु आर्थिक वर्षदेखि बिर्तामोडमा सूर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाउने तयारी गरिएको समेत जानकारी दिएका छन् ।

इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी सुरज कार्कीले साझा प्रयासबाट लागुऔषध नियन्त्रण गर्न सकिने बताए । उनले प्रहरीबाट मात्रै अभियान सफल नहुने स्पष्ट बनाए । उनले सबै क्षेत्रले गम्भीर रुपमा लिई यसको नियन्त्रणमा चासो दिनुपर्ने बताए । हरेक वर्ष प्रयोगकर्ता र कारोवारीको संख्या बढ्दै गएको भन्दै उनले सतर्कता बढाउदै जानुपर्नेमा जोड दिए ।

सोही अवसरमा बिर्तामोड नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुनिल अधिकारीले लागुऔषध प्रयोगपछि हुने संभावित समस्याहरुका बारेमा धारणा राखेका थिए ।

प्रकाशित मिति : भाद्र १३, २०८० बुधबार  ८ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]