जेष्ठ ४, २०८१ शुक्रबार

दोस्रो विकेटको रूपमा भीम आउट

काठमाडौं । एसिया कप- २०२३ मा भारतविरुद्ध नेपालले भीम सार्कीलाई दोस्रो विकेटको रूपमा गुमाएको छ । श्रीलंकाको क्यान्डीस्थित पालेकेले रंगशालामा टस हारेपछि ब्याटिङमा आएको नेपालले भीमलाई व्यक्तिगत सात रनमा गुमाएको हो । भारतका रविन्द्र जडेजाले गरेको १५.६ ओभरमा भीम बोल्ड भए ।

जारी खेलको १६ ओभर समाप्त हुँदा नेपालले दुई गुमाएर ७७ रन बनाएको छ । नेपालले यसअघि पहिलो विकेटको रुपमा कुशल भुर्तेललाई व्यक्तिगत ३८ रनमा गुमाएको थियो । हाल क्रिजमा रहेको आसिफ शेख २८ रनमा खेलिरहेका छन् ।

एसिया कपमा यसै संस्करणबाट ‘डेब्यू’ गरेको नेपाली टिमले सन् १९८३ र २०११ को विश्वकप विजेतासमेत रहेको भारतविरुद्ध पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त क्रिकेटमा प्रतिस्पर्धाका लागि उत्रिएको हो ।

आजको खेल जिते नेपाली क्रिकेटले नयाँ इतिहास रच्दै एसिया कपको ‘सुपर फोर’मा स्थान बनाउनेछ । सुपर फोरमा प्रवेशका लागि भारतमाथि आज जित्नै पर्ने दबाब छ ।

प्रतियोगितामा दुवै टिमको यो दोस्रो खेल हो । पहिलो खेलमा नेपाल पाकिस्तानसँग २३८ रनले पराजित भएको थियो । भारत–पाकिस्तानबीचको पहिलो खेल भने वर्षाका कारण रद्द भएको थियो ।

प्रकाशित मिति : भाद्र १८, २०८० सोमबार  ४ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]