जेष्ठ ४, २०८१ शुक्रबार

‘भारत जोडो’ अभियानको एक वर्ष पूरा : १३६ दिनमा ४ हजार किलोमिटर

नयाँदिल्ली, २१ भदौ (रासस/एएनआई) – काङ्ग्रेस नेता राहुल गान्धीले प्रारम्भ गरेको ‘भारत जोडो’ अभियानको एक वर्ष पूरा भएको छ । अभियानका क्रममा उहाँले कन्याकुमारीदेखि काश्मिरसम्म चार हजार किलोमिटर यात्रा गरेको बताउनुभएको छ ।

सामाजिक सञ्जाल एक्समा नेता गान्धीले ‘देशमा एकता र स्नेह प्रवद्र्धनका साथै समुज्ज्वल भविष्यका निम्ति करोडौँ पाइला’ शीर्षकामा राख्नुभएको तीन मिनेटको भिडियोमा भारत एकताबद्ध नभएसम्म र देशबाट घृणा लोप नभएसम्म भारत जोडो यात्रा जारी रहने बताउनुभएको छ । उहाँले भारत जोडो यात्रालाई निरन्तरता दिने ‘वाचा’ पनि गर्नुुभएको छ ।

सामाजिक सञ्जालमा राखिएको भिडियोमा नेता गान्धीका एक सय ३६ दिने यात्राका क्रममा अभिलेख गरिएका पदयात्रा, स्थानीय तहका पार्टीका कार्यकर्ता र सामाजिक सङ्घसङ्गठनका नेता तथा अभियन्तासँगका भेटवार्ता, आमसभाका दृश्य समावेश गरिएका छन् । अभियानको वार्षिकीका अवसरमा काङ्ग्रेस नेताहरूले देशभर आज विविध कार्यक्रम आयोजना गरेका छन् तर ती कुनै पनि कार्यक्रममा नेता गान्धी अनुपस्थित हुनुहुनेछ । उहाँ साताव्यापी युरोप भ्रमण हुनुहुन्छ । युरोपमा रहँदा उहाँले त्यहाँ रहेका भारतीयसँग छलफल गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : भाद्र २१, २०८० बिहीबार  १२ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]