जेष्ठ ४, २०८१ शुक्रबार

काजिमान राईको इन्टेग्रीटी आइकन अवार्ड २०१९ रद्द

बिर्तामोड । तत्कालिन माइजोगमाई इलामका प्रमुख प्रशासकीय अधिकृत काजिमान राईलाई प्रदान गरिएको इन्टेग्रीटी आइकन नेपाल २०१९ अवार्ड रद्द भएको छ । अवार्ड प्रदान गर्ने संस्था अकाउन्टिविलिटी ल्याव नेपालले एक विज्ञप्ति जारी गर्दै अवार्ड रद्द गरेको जनाएको छ ।

केहि दिनअघि राई र सहकर्मी कर्मचारीको कार्यकक्षमै अमर्यादित गतिविधि गरेको दृष्य सामग्री सार्वजनिक भएको भन्दै अवार्ड प्रदान गर्ने संस्थाले रद्द गरेको जनाएको छ । सो घटनाप्रति खेद व्यक्त गर्दै अकाउन्टिविलिटी ल्यावले भ्रष्ट आचरण, अमर्यादित व्यवहार र गैरजिम्मेवारीपूर्ण कार्यको कहिल्यै समर्थन नगर्ने स्पष्ट पारेको छ । राई इलामको चुलाचुली गाउँपालिकामा कार्यरत रहँदा उक्त अवार्डबाट सम्मानित भएका थिए । दृष्य सामग्री सार्वजनिक भएसँगै संस्थाको समेत नाम जोडिएकोमा विज्ञप्ति मार्फत दुख व्यक्त गरिएको छ ।

घटना सार्वजनिक भएपछि २४ घण्टे स्पष्टिकरण मागिएको थियो । राईले उक्त घटनाको आफु जिम्मेवार रहेको र संस्थाको निर्णय मान्न तयार हुने जवाफ फर्काएका थिए । अवार्ड प्राप्त गरेपछि असल आचरण र कुशल कार्यशैलीले अरुलाई पनि प्रेरित गर्ने संस्थाले विश्वास गरेको थियो ।

प्रकाशित मिति : भाद्र २१, २०८० बिहीबार  ६ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]