बैशाख २५, २०८१ मंगलबार

आज राजकीय सम्मानका साथ अन्त्येष्टि, यस्तो छ नेम्वाङको शवयात्राको रुट

 

काठमाडौँ – संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । उहाँको शवयात्रासहित पशुपति आर्यघाटमा बिहान ११ बजे राजकीय सम्मानका साथ अन्त्येष्टि हुँदैछ ।

एमालेले उपाध्यक्ष नेम्वाङको शवयात्राको रुट पनि तय भएको जनाएको छ । एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सचिव गगन विष्टका अनुसार उपाध्यक्ष नेम्वाङको शवयात्रामा सहभागी भई अन्तिम श्रद्धाञ्जली अपर्णका लागि बिहान ११ बजे निजी सवारीसाधन हुने शङ्खपार्क, धुम्बाराही र सवारीसाधन नहुनेहरू गौशाला (वडा प्रहरी कार्यालय अगाडि) पुग्नुपर्ने छ ।

शवयात्राको रुट उहाँको निजी निवास बालुवाटार–शिक्षण अस्पताल, महाराजगञ्ज–नारायणगोपाल चोक–धुम्बाराही–चाबहिल–गौशाला हुँदै पशुपति आर्यघाट रहेको एमालेले जनाएको छ ।

सरकारले नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्न सार्वजनिक बिदा दिने निर्णय गरेको छ । उहाँको सोमबार राति हृदयाघातबाट निधन भएको थियो ।

प्रकाशित मिति : भाद्र २८, २०८० बिहीबार  ९ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]