जेष्ठ ८, २०८१ मंगलबार

बिर्ताबजारको नयाँ विल्डिङमा कमशल इटा प्रयोग, जनप्रतिनिधिको एक्शनपछि वाल भत्काइयो

बिर्तामोड । बिर्तामोड नगरपालिका ३ बिर्ताबजारमा निर्माणधिन अवस्थामा रहेको कृषि तथा सामुदायिक विल्डिङ्गमा ठेकेदारले कमसल इटा प्रयोग गरेको फेला परेपछि वाल भत्काईएको छ ।

नगर प्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपाने, वरिष्ठ योजना अधिकृत जय तिम्सिना,वडाअध्यक्ष, कार्यपालिका सदस्य लगायतको टोलीले आज गरेको अनुगमनका क्रममा कमसल इटा प्रयोग गरेको फेलापरेपछि वाल भत्काइएको हो । कमसल इटा प्रयोग भएको वाल तुरुन्तै भत्काएर गुणस्तरीय इटा प्रयोग गरि नयाँ वाल निर्माण गर्न नगरप्रमुख प्रसाईले निर्देशन दिनु भयो ।

एक नम्बर इटा प्रयोग गर्नु पर्नेमा ठेकेदारले दोश्रो तलाको वालमा दुई देखि चार नम्बरसम्मको इटा प्रयोग गरेको पाइएपछि भत्काउन बाध्य भएको नगरका प्रवक्ता अग्निप्रसाद पाण्डेले जानकारी दिनुभयो । उहाँले अबपनि लापर्वाही ढंगले काम अघि बढाए ठेकेदारलाई कानून अनुसार हदैसम्मको कार्वाही गर्ने चेतावनी दिनु भयो ।

विल्डिङ्गमायस अघि प्रयोग गरिएका इटा एक नम्बर नै भएको पाइए पनि पछिल्लो पटक खरिद गरेको इटा गुणस्तरहिन भेटिएको वडा नम्बर ३ का वडाअध्यक्ष मदन बुढाथोकीले जानकारी दिनुभयो । उहाँले भोली देखि नै वडाको तर्फबाट पनि समिति बनाएर हरेक दिन अनुगमन तथा निगरानी बढाउने बताउनु भएको छ ।

ठेकेदार कम्पनीले ४ ट्याक्टर इटा कमसल आएको स्वीकार गरेको छ । कम्पनीका सुपर भाइजर सुदिप चौलागाईले नगरपालिकाको निर्देशन अनुसार कमसल इटा फिर्ता गरि गुणस्तरीय इटा मगाएर प्रयोग गर्ने बताउनु भयो ।

सरकारको ५ करोड ५६ लाख ५ हजार ३०८ रुपैयाँ (भ्याट सहित) को लागतमा विल्डिङ्ग निर्माण भईरहेको छ । सम्झौता अनुसार २०८० असोज ६ गते योजना सम्पन्न गर्नुपर्ने छ । ठेकेदार कम्पनीले हालसम्ममा ६० प्रतिशत काम सम्पन्न भएको जनाएको छ ।

अनुगमनमा वडा नम्बर ४का वडाअध्यक्ष राहुल शर्मा, वडा नम्बर ७ का वडाअध्यक्ष अविरलकृष्ण खरेल, कार्यपालिका सदस्य यमुना आचार्य, तिला गौतम, संगिता सिवा, शर्मिला राजवंशी, वडा ३ का वडासदस्य हरि बास्कोटा र लक्ष्मी रोक्का लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : आश्विन ३, २०८० बुधबार  ८ : १८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]