जेष्ठ ४, २०८१ शुक्रबार

कोशी प्रदेश : एमाले–कांग्रेसका ४८ सांसद प्रदेश प्रमुखको कार्यलय पुगे

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्कीलाई नियुक्त गर्न दबाब दिन कोशी प्रदेशका ४८ जना प्रदेश सभा सदस्य प्रदेश प्रमुखको कार्यालयमा सशरीर उपस्थित भएका छन् ।

बिहीबार नै नेकपा एमालेका ३९ र काङ्ग्रेसबाट विद्रोह गरेका ९ जना प्रदेश सभा सदस्य सशरीर प्रदेश प्रमुखको कार्यालयमा उपस्थित भएका छन् ।

प्रदेश प्रमुख परशुराम खापुङ्गले आज ५ बजेपछि नियुत्तीको प्रक्रिया सुरु गर्ने भनेकाले दबाब दिन सशरीर नै उपस्थित भएको एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीले बताए ।

बिहीबार साँझ कोशी प्रदेश प्रमुख परशुराम खापुङ समक्ष प्रदेश सभा सदस्य केदार कार्कीले मुख्यमन्त्रीमा ४७ जना प्रदेश सभा सदस्यको हस्ताक्षर सहित मुख्यमन्त्रीको दाबी पेस गरेका थिए ।

दाबी पेश गरे पनि अहिलेसम्म मुख्यमन्त्रीमा नियुक्त नगरेपछि सांसदहरू प्रदेश प्रमुखको कार्यालयमा स शरीर उपस्थित भएका हुन् । नेकपा एमालेका ३९ जना प्रदेश सभा सदस्य सहित नेपाली काँग्रेसका ९ जना प्रदेश प्रमुखको कार्यालयमा उपस्थित भइसकेका छन् ।

असोज २० गते प्रदेश प्रमुख खापुङले मुख्यमन्त्रीकोलागि आधार सहित दाबी प्रस्तुत गर्न २६ गते साँझ ५ बजेसम्मको समय दिएका थिए । त्यो समय भित्र दाबी प्रस्तुत गरेका कार्कीको तर्फबाट ४७ जना सांसदहरू सहित नै प्रदेश प्रमुखकोमा प्रमाणको रूपमा प्रस्तुत भएको भण्डारीले बताए ।

कोशी प्रदेशको मुख्यमन्त्रीकोलागि संविधानको धारा १६८ (५) अनुसार गठबन्धनको तर्फबाट इन्द्रबहादुर आङ्बोले पनि मुख्यमन्त्रीको दाबी पेस गरेका छन् । उनले सत्ता गठबन्धनको निर्णय भन्दै काङ्ग्रेसका ९ जना सदस्यको पुरानो हस्ताक्षर सहित मुख्यमन्त्रीको दाबी पेस गरेका हुन् । दुई जनाको दाबी पेस भएपछि प्रदेश प्रमुखले आवश्यक कानुनी परामर्श गर्ने बताएका थिए ।

प्रकाशित मिति : आश्विन २६, २०८० शुक्रबार  ५ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]