जेष्ठ ६, २०८१ आईतबार

बिर्तामोडका आयुर ढकाललाई बंगलादेशमा गोल्ड मेडल

बिर्तामोड । झापा बिर्तामोडका आयुर ढकालले बंगलादेशमा जारी पहिलो बंगबन्धु खुला अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा गोल्ड मेडल जितेका छन् । अक्टोवर १९–२१ मा भएको प्रतियोगितामा ढकालले यु–९ समूहमा गोल्ड मेडल हात पारेका हुन् ।

बंगबन्धु तेक्वान्दो महासंघले आयोजना गरेको उक्त प्रतियोगितामा सेन्ट जेभियर्स देउनियामा अध्ययनरत ढकालले पुम्से तर्फ गोल्ड मेडल हात पार्न सफल भएका हुन् । बंगलादेशको तेक्वान्दो महासंघले पहिलो पटक राजधानीको जिरानी सावरमा आयोजना गरेको पहिलो बंगबन्धु अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिपमा ढकाललाई तेक्वान्दो महासंघ नेपाल र मेची डेजोङले सहभागी गराएको हो । उनलाई बिर्तामोडस्थित फिट स्टुडियोले सहजीकरण गरेको सञ्चालक दिपेन धिमालले जानकारी दिए ।

प्रतियोगितामा नेपाल, भारत, भुटान, श्रीलंका, मलेसिया, थाइल्याण्ड र अफगानिस्तानको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : कार्तिक ४, २०८० शनिबार  २ : १५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]