जेष्ठ ४, २०८१ शुक्रबार

एमालेको चियापन : मेन्यूमा चिया, निम्की, लड्डु, केरा र भेज कट्लेट

काठमाडौं – नेकपा (एमाले)ले बडादसैंँ, तिहार, नेपाल संवत् र छठपर्वका अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको सुरु भएको छ ।

पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा सुरु भएको चियापानमा १२ः३० बजेदेखि पार्टीका कार्यकर्ता र शुभेच्छुक र २ः३० बजेपछि विशिष्ट पाहुना र आमन्त्रितकका लागि प्रबन्ध गरिएको केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिनुभयो ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित चियापानका लागि राजनीतिक दलका नेता, कूटनीतिज्ञ, पार्टीका विभिन्न कमिटीका नेता कार्यकर्ताहरू उपस्थित हुने क्रम जारी छ ।

चियापानमा खानाको व्यवस्थापन बानेश्वर अर्पण बैंक्वेटले गरेको छ। चियापानको मेन्युमा भेज कट्लेट, निम्की, लड्डु, केरा र चिया राखिएको छ ।

 

प्रकाशित मिति : कार्तिक १५, २०८० बुधबार  ३ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]