जेष्ठ ५, २०८१ शनिबार

झापामा डोरी तान प्रतियोगिता हुँदै

बिर्तामोड । झापामा पहिलोपल्ट डोरी तान प्रतियोगिता हुने भएको छ । जिल्लामा संघ गठन भएको करिब छ महिनामा प्रतियोगिता हुन लागेको हो ।

झापा जिल्ला डोरी तान संघले बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताबारे जानकारी दिएको हो । संघकी अध्यक्ष युनिता दवाडीका अनुसार प्रथम जिल्लास्तरीय डोरीतान आउटडोर च्याम्पियनसिपमा १९ वटा टिमको सहभागिता रहनेछ ।

प्रतियोगितामा झापामा १५ पालिका, नेपाली सेना, नेपाल सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टिम तथा आयोजकको एक टिमले प्रतिस्पर्धा गर्ने अध्यक्ष दवाडीले जानकारी दिइन् ।

यही कात्तिक २४ गते बिर्तामोडको अनारमनी पब्लिक क्याम्पसको प्रांगणमा हुने प्रतियोगिताको विजेता टिमले नगद ३१ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउने भने उपविजेताले नगद २१ हजार, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउनुपर्नेछ ।

प्रकाशित मिति : कार्तिक २१, २०८० मंगलबार  ८ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]