जेष्ठ ४, २०८१ शुक्रबार

एमालेको संकल्प यात्रा : आज सुर्खेतबाट रुकुमकोट जाँदै

काठमाडौं । समृद्धिका लागि संकल्प यात्राको छैटौं दिन आज नेकपा एमालेको यात्रा टोलीले सबैभन्दा लामो दुरी पार गर्दैछ । आज सुर्खेतबाट पूर्वी रुकुमको रुकुमकोट पुग्न यात्रा टोलीले करिब २ सय किलोमिटर दुरी पार गर्नुपर्नेछ ।

पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार हिजो दैलेखबाट सुर्खेत आउने क्रममा ठाउँठाउँमा पानी परे पनि कार्यक्रमहरु भब्य भएका छन् । जनसहभागिता उल्लेख्य मात्रा जुटेको छ । आजको यात्रा अहिले बिहान ८ बजेबाट सुरु भएको गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार आज सुर्खेतकै सिम्तामा बिहानको खाना खाने कार्यक्रम छ ।

यात्राका क्रममा अध्यक्ष केपी शर्मा ओलीले आज भेरी बबइ डाइभर्सनको निरीक्षण गर्ने, सल्लीबजार ,छेडे बजार,सेरी गाउँ,मुसिकोट लगायतका ठाउँमा स्थानी नेता कार्यकर्ता र शुभेच्छुकहरुलाई भेटघाट गर्नुहुनेछ । भूकम्पले क्षतिग्रस्त भएको रुकुमको चौरजहारीमा पुननिर्माण सम्बन्धी छलफल गरिने तयारी छ ।

प्रकाशित मिति : मंसिर १९, २०८० मंगलबार  ८ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]