बैशाख २०, २०८१ बिहीबार

‘नयाँ समझदारी गरेर देशलाई अगाडि लैजान आवश्यक छ’

सुदूरपश्चिम, २७ मङ्सिर : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अब नयाँ सम्झौता र समझदारीबाट देशलाई अगाडि लैजानुको विकल्प नरहेको बताउनुभएको छ । राप्रपाद्वारा आज कैलालीको पहलमानपुरमा आयोजित आमसभामा अध्यक्ष लिङ्देनले अहिलेको व्यवस्था र अवस्था बदल्नका लागि पार्टी संवैधानिक राजासहितको प्रजातन्त्रका पक्षमा रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “राप्रपा पछाडि फर्किने पनि होइन, पहिलेको र अहिलेको व्यवस्थामा जाने पनि होइन, सम्झौता र सहमति गरेर नयाँ व्यवस्थामा जानुपर्छ ।” उहाँले देशलाई कमजोर अवस्थामा पु¥याएर बेथिति बढाउनमा तीन ठूला दल जिम्मेवार रहेको आरोप लगाउनुभयो ।

राप्रपाका महामन्त्री धवलशम्शेर राणाले व्यवस्था र नेतृत्व परिवर्तन गरी देशमा परिवर्तन ल्याउन पार्टीले अघि बढाएको आन्दोलनमा सहयोग गर्न आग्रह गर्नुभयो । आमसभामा सो पार्टीका उपाध्यक्ष राजेन्द्र मिश्र र प्रवक्ता ज्ञानेन्द्र शाहीलगायतले पनि बोल्नुभएको थियो ।

प्रकाशित मिति : मंसिर २७, २०८० बुधबार  १० : ३६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]