बैशाख २०, २०८१ बिहीबार

भ्रमपूर्ण प्रचार गरेर ध्यान मोड्ने प्रयास : पोखरेल

धनकुटा । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एक जड्याहाको हर्कतलाई एमालेको मध्यपहाड यात्राको सफलताले आत्तिएकाहरुले ध्यान अन्यत्र मोड्ने बहाना भएको बताएका छन् ।

धनकुटा प्रकरण बारेमा सामाजिक सञ्जालमा लेख्दै पोखरेलले यो प्रचारबाजी भ्रमपूर्ण रहेको उल्लेख गरेका छन् । अभियानको सफलताबाट जलिरहेकाहरुको नियत यस प्रकरणले उजागर गरेको उनको भनाई छ । एमाले आफ्नो उद्धेश्यमा सदा अडिग र अविचलित रहेको स्पष्ट पारेका छन् ।

महासचिव पोखरेलले लेखेका छन् – एउटा जड्याहाको अस्वभाविक हर्कत कतिलाई समृद्धिका लागि संकल्प यात्राको अभुतपूर्व सफलतावाट र त्यसले दिएको सन्देशवाट ध्यान अन्यत्र मोड्ने बहाना बनेको छ । अध्यक्ष माथि मुक्का प्रहार भयो भन्ने प्रचारबाजी प्रायोजित र भ्रमपूर्ण हो । यसवाट अभियानको सफलताले जलिरहेकाहरुको नियत भने उजागर भएको छ । हामी सचेत र स्पष्ट छौ आफ्नो अभियान र उद्देश्यमा ।

प्रकाशित मिति : मंसिर २८, २०८० बिहीबार  ६ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]