जेष्ठ २, २०८१ बुधबार

बालनिकुञ्ज माविको ४५ औं वार्षिकोत्सवमा वर्ष उत्कृष्ट तीन शिक्षक सम्मानित

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. १० स्थित बालनिकुञ्ज माध्यमिक विद्यालयले विविध कार्यक्रम गर्दै ४५ औं वार्षिकोत्सव मनाएको छ । विद्यालयले वार्षिकोत्सवको अवसर पारेर ३ जना वर्ष उत्कृष्ट शिक्षकलाई समेत सम्मान गरेको छ ।

वर्ष उत्कृष्ट शिक्षकका रुपमा विद्यालयमा लामो समय निरन्तर सेवारत शिक्षकहरु रवीन्द्र सुवेदी, विशेश्वरा मैनाली र हेमा घिमरेलाई विद्यालयले नगदसहित दोसल्ला तथा सम्मान पत्र प्रदान गरी सम्मान गरेको हो ।

उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख मेगाहाङ्ग थोप्रा, नगरका लेखा अधिकृत प्रकाश योङ्गहाङ्ग, वडा नं. १० का वडाध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक हर्क सिगु, शिक्षक महासंघ शिवसताक्षी अध्यक्ष बेनुप्रसाद कार्कीलगायतले सम्मान पत्र तथा दोसल्ला प्रदान गरेका थिए । कार्यव्रmममा शैक्षिक वर्ष २०७९ मा कक्षागत रुपमा उत्कृष्ट जिपिए ल्याउने र सर्वाधिक हाजिरी कायम गर्ने विद्यार्थीका अभिभावकहरुलाई प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो ।

विद्यालयमा स्थापना गरिएको बलहाङ फिपरानी योङहाङ अक्षयकोषद्वारा एसईई परीक्षामा उत्कृष्ट जिपए ल्याउने छात्र युवन श्रेष्ठ र मोहमिका योङहाङलाई बलहाङ फिपरानी योङहाङ छात्रवृत्ति पुरस्कार प्रदान गरिएको शिक्षक नारायण भट्टराईले जानकारी दिए ।

कार्यक्रममा नगर प्रमुख मेगाहाङ्ग थोप्राले नगरपालिकाले स्मार्ट विद्यालयको अवधारणा अन्तर्गत यस बालनिकुञ्ज माध्यमिक विद्यालयबाट कार्यक्रमको सुरुवात गरिएको बताए । उनले विद्यार्थीको शैक्षिक गुणस्तरका साथसाथै कक्षा कोठामा विद्यार्थी पढ्न सक्ने वातावरणका लागि स्मार्ट विद्यालयको अवधारणा ल्याइएको जानकारी दिए। उनले भने, बालनिकुञ्ज माध्यमिक विद्यालयमा विद्यार्थीहरुका लागि आवश्यक रहेको थप एउटा स्कुल बसको व्यवस्थापन गर्न नगरपालिकाले सहयोग गर्नेछ । विद्यालयको चौतर्फी विकास गर्न शिक्षक, अभिभावक जिम्मेवार बन्दा सफल भएको उनको भनाई थियो ।

त्यस्तै वडाध्यक्ष हर्क सिँगुले बालनिकुञ्ज माध्यमिक विद्यालयलाई नगरकै नमुना विद्यालयको विकास गर्नु पर्ने बताए । त्यसका लागि जनप्रतिनिधि, शिक्षक, अभिभावक र विद्यार्थीहरु एक जुट भएर लाग्नु पर्ने बताए ।
कार्यव्रmममा विद्यार्थीहरुद्वारा म्युजिकल पिटी, बालनिकुञ्ज स्काउट ट्रुपका विद्यार्थीहरुले स्काउट पिटी प्रस्तुत गरेका थिए भने शिक्षक तथा विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रम लेखा अधिकृत प्रकाश योङ्हाङ्ग, शिक्षा अधिकृत छवि ढकाल, शिक्षक महासंघ शिवसताक्षी अध्यक्ष बेनुप्रसाद कार्की लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

वार्षिककोत्सवमा शिक्षक तथा विद्यार्थीहरुले गायन तथा नृत्य प्रस्तुत गरेका थिए । विद्यालयका प्रधानाध्यापक भुवानी प्रसाद थापाले विद्यालयको प्रतिवेदन प्रस्तुत गरेका थिए । सहायक प्र.अ. विष्णुप्रसाद खतिवडाले स्वागत गरेको कार्यक्रमको शिक्षक गोविन्द नेपालले सञ्चालन गरेका थिए ।

प्रकाशित मिति : पुष ५, २०८० बिहीबार  ८ : १२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]