जेष्ठ ५, २०८१ शनिबार

मलेसियामा कार्यरत नेपालीको पुनर्मिलन कार्यक्रम

सागर गौतम
अर्जुनधारा । मलेसिया टेक सिई प्लास्टिक एसडिएन बिएचडी समूहद्धारा आयोजित पुनर्मिलन कार्यक्रम झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमसारमा सम्पन्न भएको छ । मलेशियामा रोजगारीका क्रममा रहेका देशभरका मानिसको एकता र चिनजानका लागि पुनर्मिलन सहित बनभोज कार्यक्रम समेत राखिएको थियो ।

राष्ट्रिय गानबाट सुरू गरिएको पुनर्मिलन कार्यक्रमलाई रामशरण थापा र याम बहादुर मगरले अगुवाई गरेका थिए भने भेटघाट कार्यक्रमलाई समूहलाई स्वीकार गर्दै उपस्थित भएर कार्यक्रममा उपस्थिति जनाउने सबैलाई हार्दिक कृतिज्ञता प्रकट गरेको थिए ।

सो कम्पनीमा २००१ देखि २०२३ सम्म मलेशियामा कार्यरत काठमाण्डौं, भक्तपुर, काभ्रे, ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ र सुनसरीबाट कुमार लिम्बु, टिका बरुबाल, सिताराम बस्नेत, नवीन राई, कैलाश श्रेष्ठ, आजित पौडेल, उदय केरुङ लगायत ४४ जनाको उपस्थिती रहेको थियो ।

त्यस्तै गोपाल कडरियाले समूहको आगामी कार्य बारे प्रकाश पारेका थिए । काममा व्यस्त रहने मलेशियामा कार्यरत नेपाली पुनर्मिलन र बनभोज कार्यक्रममा रमेँका थिए । कार्यक्रममा समूहमाझ आगामी आउने जटिल समस्यालाई मध्यनजर गर्दै निकट भविष्यमा आपसी समझदारी बनाई कोष खडा गर्न औपचारिक छलफल समेत गरेको समूहका अगुवा अर्जुनधारा–३ निवासी याम मगरले जनाए ।

प्रकाशित मिति : पुष २६, २०८० बिहीबार  १२ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]