जेष्ठ ५, २०८१ शनिबार

पाँचथरमा श्रीमानले गरे श्रीमतीको हत्या, २ जना घाइते

पाँचथर – पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा श्रीमानले खुकुरी प्रहार गर्दा श्रीमतीको ज्यान गएको छ ।

तुम्वेवा–४ घर भएका असफल कुरुम्बाङले ससुरालीमा आएर खुकुरी प्रहार गर्दा ३५ वर्षीया श्रीमती गोमा फियाकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी सुमित कुश्वाहाले जानकारी दिए । खुकुरी हतियार प्रहार हुँदा छिमेकी महेन्द्र श्रेष्ठ र गोमाकी आमा कान्छीमाया फियाक घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि दमकतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

बिहीबार साँझ ८ बजे घरायसी ससुराली घरमा विवाद मिलाउन छलफल भइरहेका बखत कुरुम्बाङले हतियार श्रीमती सासु र छिमेकीलाई हतियार प्रहार गरेका थिए । विवादको विषय भने खुल्न बाँकी छ । कुरुम्बाङ घटनापछि फरार रहेकाले खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

२०७६ जेठ ५ गते मिक्लाजुङ–३ आरुबोटेमै एक व्यक्तिले ९ जनालाई खुकुरी प्रहार गरेर हत्या गरेका थिए ।

प्रकाशित मिति : पुष २७, २०८० शुक्रबार  ८ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]