जेष्ठ ५, २०८१ शनिबार

पूर्वमन्त्री आलमविरुद्धको मुद्दामा आजदेखि सुनुवाइ

काठमाडौँ – पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता मोहमद अफताब आलमविरुद्ध मुद्दाको आजदेखि सुनुवाइ हुने भएको छ । रौतहट जिल्ला अदालतले विस्फोटक पदार्थको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुरमा आलम लगायतका ११ जनाविरुद्ध दायर रिटमा आजदेखि अन्तिम सुनुवाइ गर्न लागेको हो ।

यसअघि गत कात्तिक २२ गते न्यायाधीश बाबुकाजी बानियाँको इजलासले बहस नोट माग गर्ने आदेश दिएको थियो । अदालतको आदेश बमोजिम मंसिर २४ मा वादी र प्रतिवादी तर्फका कानुन व्यवसायीले बहस नोट बुझाए पनि सुनुवाइको पेसी तोकिएको थिएन । यस मुद्दामा सर्वोच्च अदालतले छिटो किनारा लगाउन दबाबसमेत दिएको थियो ।

२०७६ साल कात्तिक १८ गते रौतहट जिल्ला अदालतमा दर्ता भएको विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुरमा हाल आलमसहित ११ जना थुनामा छन् ।

प्रकाशित मिति : पुष २९, २०८० आईतबार  ९ : ३२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]