जेष्ठ ५, २०८१ शनिबार

डोमालाल रंगशालामा भाक्का दिवस सुरु

बिर्तामोड । झापाको बिर्तामोड – ३ स्थित डोमालाल राजवंशी रंगशालामा सातौं भाक्का दिवस सुरु भएको छ । पूर्वी तराईमा लोकप्रिय परिकारको रुपमा रहेको भाक्कालाई दिवस कै रुपमा मनाउन थालिएको छ ।

राजवंशी समाज विकास समितिको आयोजनमा सुरु भएको भक्का दिवसमा ३० हजारको सहभागिता रहने आयोजक संस्थाका अध्यक्ष अभय राजवंशीले जानकारी दिएका छन् । उनका अनुसार १५० जनाले भाक्का बनाउने छन् । सहभागीहरुलाई २ हजार केजी चामलको पिठोबाट भाक्का बनाई निशुल्क रुपमा खुवाइने कार्यक्रम छ ।

झापा, मोरङ र सुनसरीका राजवंशी समुदायले संयुक्त रुपमा भाक्का दिवस मनाउदै आएका छन् । कार्यक्रमको प्रमुख अतिथिका रुपमा पर्यटन मन्त्री सुदन किराती आउने प्रचार गरिएको थियो । मन्त्री किराती नआउने बुझिएको छ । कोशी प्रदेशका मन्त्रीबाट कार्यक्रमको उद्घाटन गर्ने सूचना प्राप्त भएको छ । सोही अवसरमा सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको छ ।

राजवंशीहरुको भान्साबाट लोप हुँदै गइरहेको मौलिक खाजा भक्काको प्रवद्र्धन, संरक्षण र विकासमा योगदान दिने उद्देश्यले राष्ट्रिय भाक्का दिवस मनाउन थालिएको अध्यक्ष राजवंशीको भनाई छ ।

कार्यक्रममा प्रस्तुुतिका लागि भारतीय गायिका नीलञ्जना राय झापा आएकी छन् । पश्चिम बंगालकी राय सन् २०२२ को सारेगमपको विजेता हुन् भने २०१७ को भ्वाइस अफ इन्डिया किड्सको उपविजेता र २०१८ को इन्डियन आइडल जुनियरमा तेस्रो भएकी थिइन् ।

भाक्का दिवसमा कलाकारहरुको सामुहिक लोक सांस्कृतिक राजवंशी नृत्यको प्रस्तुति रहनेछ ।

प्रकाशित मिति : पुष २९, २०८० आईतबार  १० : १८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]