जेष्ठ ५, २०८१ शनिबार

डोमालाल राजवंशीको छोरी सम्पत्तिलाई सम्मान

बिर्तामोड । सातौं भाक्का दिवसको अवसर पारेर स्व.डोमालाल राजवंशीको छोरी सम्पत्ति राजवंशीलाई सम्मान गरिएको छ । राजवंशी परिवारले दान गरेको रंगशालामा भाक्का दिवसको आयोजना गरिएको छ ।

राजवंशी समाज विकास समितिले आयोजना गरेको भाक्का दिवसमा आयोजक संस्थाका अध्यक्ष अभय राजवंशीले स्वर्गीय डोमालाल राजवंशीको छोरीलाई सम्मानपत्र सहित सम्मान गरेका हुन् ।

रंगशालासहित १४ विगा जमिन राजवंशी परिवारले दान गरेको थियो । कोशी प्रदेशको स्तरीय रंगशालाको रुपमा रहेको डोमालालमा प्रतिष्ठित फुटवल टुर्नामेन्टहरु हुदै आएका छन् । जग्गादाताको रुपमा राजवंशी परिवारलाई सम्मान गरिएको हो ।

रंगशालामा अहिले भाक्का दिवस कार्यक्रम सञ्चालन भइरहेको छ । १५० जना महिलाले भाक्का बनाएर निशुल्क रुपमा सर्वसाधारणहरुलाई खुवाइरहेका छन् ।

प्रकाशित मिति : पुष २९, २०८० आईतबार  १ : २८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]