जेष्ठ ५, २०८१ शनिबार

झापामा २६ फरार प्रतिवादीहरु पक्राउ

बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापाले २६ जना फरार प्रतिवादीहरु पक्राउ गरेको छ । मातहतका प्रहरी कार्यालयहरुसँगको समन्वयमा फरार प्रतिवादीहरु पक्राउ गरेको विवरण सार्वजनिक गरेको हो ।

अदालतहरुबाट बिभिन्न मितिको फैसला अनुसार फैसला भई फरार रहेका प्रतिबादीहरुमध्ये पुष महिनाभित्र जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको प्रहरी टोलीले २६ जनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार १८ बर्ष ४ महिना २३ दिन कैद तथा ५० लाख ४२ हजार ६ सय ७७ रुपैयाँ जरिवाना असुलउपर भएको झापा प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : पुष २९, २०८० आईतबार  १ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]