जेष्ठ ५, २०८१ शनिबार

स्टेसनरी सामग्रीको अबैध बिक्री वितरण तत्काल रोक्न माग

बिर्तामोड । बिद्यालय हाताबाट शैक्षिक सामाग्रीको अवैध बिक्री वितरणलाई नियमन गर्न झापाका व्यवसायीले आवाज उठाउन थालेका छन् । जिल्लाका १५ वटै पालिकाले विद्यालयहातामा भएको पाठ्यपुस्तक, स्टेसनरी र खेलकुदका सामाग्रीको अबैध बिक्री वितरण तत्काल रोक्न व्यवसायीले माग गरेका छन् ।

झापाको विर्तामोडमा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको क्षेत्र नम्बर २ स्तरीय भेलाका अधिकांश व्यवसायीले शिक्षकले कक्षा कोठामा पाठ्यपुस्तकको व्यापार गर्ने गरेको गुनासो गरे । स्थानीय सरकार र संघीय सरकारलाई कर तिरेर सटर भाडामा लिएका व्यवसायी शिक्षक कै कारण पलायन हुन थालेको भन्दै स्थानीय तहलाई त्यस्तो अबैध व्यापारको नियमन गर्न अनुरोध गरे ।

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका पूर्व केन्द्रीय सदस्य फडिन्द्रराज न्यौपानेले विद्यालय हातामा शिक्षक शिक्षिका वा विद्यालय प्रशासनले शैक्षिक सामाग्रीको ब्यापार कानुनत अपराध भएको बताए । उनले आमामी शैक्षिक सत्र देखी झापाका कुनै पनि विद्यालयमा शैक्षिक सामाग्रीको विक्री वितरण नगर्न सम्बद्ध पक्षसँग अनुरोध गरे ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय हाताबाट शैक्षिक सामग्री बिक्री बितरण नगर्न पटक – पटक परिपत्र गरेपनि विद्यालयका शिक्षकले केन्द्रको निर्देशनलाई टेरेका छैनन् । अब कडाईका साथ केन्द्रको निर्देशनलाई विद्यालयमा लागु गर्न व्यवसायीले पालिका संग अनुरोध गरेका छन् ।

कतिपय विद्यालयहरूले व्यावसायिक रुपमा विद्यालय हाताबाट शैक्षिक सामग्री बिक्रीबितरण गरेको भन्ने गुनासाहरू आएकाले आगामी दिनमा विद्यालयहरूले विद्यालय हाताबाट शैक्षिक सामग्री बिक्रीवितरण नगर्न नगराउन निर्देशन दिएको हो ।
विद्यालय, शिक्षकलगायत गैर व्यवसायीलाई प्रकाशक र वितरकले पाठ्यपुस्तक बिक्री गरे नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ झापा अदालत जाने महासंङघका उपाध्यक्ष खगेन्द्र गौतमले बताए । उनले भने,‘ आगामी शैक्षिक सत्र देखि जिल्लाका कुनैपनि सामुदायिक तथा संस्थागत विद्यालयको हाता भित्र पाठ्यपुस्तकको अबैध कारोवार हुने छैन ।’

विद्यालय हाताबाट व्यावसायिक रुपमा कुनै पनि शैक्षिक सामग्री विक्री वितरण गर्न नहुने व्यवस्था शिक्षा नियमावली २०५९ को नियम ३७ मा छ ।

यसैबीच सो भेलाले नन्दिकेशर घिमिरेको अध्यक्षतामा ९ सदस्यीय नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ झापाको २ नम्बर ईकाई समिति गठन भएको छ ।

सो समितिको सचिवमा यदुनाथ पोख्रेल शनिश्चरे र कोषाध्यक्षमा बविता पौडेल बुधबारे निर्विरोध चयन भएका छन् । यस्तै सदस्यहरुमा ईश्वरी नेपाल विर्तामोड, बद्री बाँस्कोटा बुट्टाबारी, घनेन्द्र डाँगी विर्तामोड, सन्तोष बराल विर्तामोड, गजेन्द्र कार्की विर्तामोड र केशव मैनाली गरामनी सर्वसम्मत चयन भएका छन् ।
झापाका पाँचै निर्वाचन क्षेत्रमा ईकाई समिति गठन भइसकेको छ ।

प्रकाशित मिति : पुष २९, २०८० आईतबार  ४ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]