जेष्ठ ४, २०८१ शुक्रबार

‘बलियो कम्युनिष्ट आन्दोलन निर्माणको आवश्यकता’

काठमाडौँ – नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकमा बलियो कम्युनिष्ट आन्दोलन निर्माणको आवश्यकता रहेको बताउनुभएको छ । ललितपुर, च्यासलस्थित एमाले पार्टी मुख्यालयमा पार्टी प्रवेश कार्यक्रममा उहाँले बलियो कम्युनिष्ट आन्दोलनमार्फत गरेर समाजवादको आधार निर्माण गर्नुपर्ने बताउनुभयो ।

“अब हामीले फेरि वामपन्थी एकताका नाममा नेताका टाउको जोड्ने प्रयत्न गर्यौ भने त्यसको सान्दर्भिकता हुँदैन”, उहाँले भन्नुभयो, “त्यसले कुनै राष्ट्रिय सामथ्र्यको शक्ति निर्माण गर्न सक्दैन । त्यसैले अब नेताका टाउका होइन कार्यकर्ताको मन जोड्नुपर्छ ।”

महासचिव पोखरेलले मुलुकमा बलियो कम्युनिष्ट आन्दोलनको निर्माण गर्ने र समाजवाद निर्माणको आधार तयार गर्ने उद्देश्यले विगतमा एकताको प्रयास गरिएको बताउनुभयो ।महासचिव पोखरेलले राष्ट्र जोगाउने अभियान र बेथितिविरुद्धको अभियानमा जोडिन उहाँले सबैमा आग्रह गर्नुभयो ।

प्रकाशित मिति : माघ ६, २०८० शनिबार  ८ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]