जेष्ठ ४, २०८१ शुक्रबार

सहकारी पीडितका पक्षमा अन्तिमसम्म लड्ने प्रतिबद्धता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू ग्यालेक्सी टिभीमा हुँदा सहकारीको पैसा दुरुपयोग गरेको आरोप अस्वीकार गरेका छन् । आफू टिभीमा आबद्ध हुँदा कुनै पनि बोर्ड बैठकले सहकारीबाट पैसा ल्याउने निर्णय नगरेको उनले प्रस्ट्याए ।

आज आयोजित पत्रकार सम्मेलनमा रविले आफू कार्यरत छँदा बोर्डले गरेका सबै निर्णयहरूको प्रतिलिपि बोकेर आएका थिए । उनले पत्रकारलाई प्रतिलिपि देखाउँदै भने, ‘यी कुनै पनि निर्णयमा सहकारीबाट पैसा लिने कुरा उल्लेख छैन । जब बोर्ड बैठकमा नै छलफलमा आएको छैन भने मैले कसरी थाहा पाउँछु ?’

सहकारीबाट पीडित भएकाहरूले नैतिक जिम्मेवारी आफूले लिने उनले बताए । पार्टीले सहकारी पीडितका पक्षमा अन्तिमसम्म लड्ने उनको प्रतिबद्धता छ ।

‘यो समस्यालाई गम्भीररुपमा लिएर हाम्रो पार्टीले समाधानका उपायहरूसहित प्रतिवेदन बनाएको छ । तर, मैले बोल्दै नबोलेको कुरालाई हेडलाइन बनाइयो । मैले सहकारी पीडितको पैसा सरकारले तिर्नुपर्छ भनेर कतै भनेको छैन । हेडलाइनका तीरहरूले अब म तर्सिन्न । मलाई प्रमाण चाहिन्छ’, उनले भने ।

प्रकाशित मिति : माघ ८, २०८० सोमबार  ७ : २३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]