जेष्ठ ४, २०८१ शुक्रबार

एमालेले मध्यपहाडका ७ सय समस्या प्रधानमन्त्रीलाई बुझाउदै

काठमाडौं – नेकपा एमालेले मध्यपहाडी यात्राका क्रममा स्थानीबासिन्दाले राखेका समस्याका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई जानकारी गराउदैछ ।

पार्टीका उपमहासचिव प्रदिप ज्ञवालीका अनुसार अहिले बिहान ९ बजे अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा एमालेको टोली बालुवाटार गएर लिखित रुपमा मध्यपहाडका समस्या बुझाउनेछ ।

एमाले स्रोतका अनुसार विभिन्न शिर्षकमा मध्यपहाडका ३० वटा जिल्लाका पार्टी कमिटी,स्थानीय तह,आम समुह,उद्योगी व्यावसायीले ७ सय भन्दा बढी समस्या एमालेसँग राखेका छन् । त्यस मध्ये करिब १सय ५० जति समस्या सडक निर्माणको माग गरिएका छन् । त्यसपछि पर्यटन प्रवद्र्धन,शिक्षा,स्वास्थ्य,पुल आदि रहेका छन् ।
एमालेले मध्यपहाडमा संकलन गरेका लिखित समस्याका ठेलीलाई विज्ञ समुह मार्फत बर्गिकरण गरेको थियो । उक्त समुहले पाँचदिन अघि पार्टीमा ति समस्याका बर्गिकरण गरेर बुझाएको थियो ।

पार्टीले आयोजना गरेको समृद्धिका लागि संकल्प यात्रामा स्थानीबासीका तर्फबाट आएका सबै समस्यालाई वर्गिकरण गरेर प्रधानमन्त्रीलाई बुझाउन लागेको उपमहासचिव ज्ञवालीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : माघ ९, २०८० मंगलबार  ९ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]