जेष्ठ ४, २०८१ शुक्रबार

थारू संस्कृति ठूलो सम्पति भएकोले कोशी सरकारले संरक्षण गर्छ : मुख्यमन्त्री

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले थारू संस्कृति गौरबको संस्कृति भएकोले प्रदेश सरकारले संरक्षण गर्ने बताएका छन् । थारू कल्याणकारणी सभाले मंगलबार आयोजना गरेको चौथो बर्जु माघी महोत्सवमा मुख्यमन्त्री कार्कीले थारू संस्कृति अतिक्रमित भइरहेकोले संरक्षण गर्दै अन्तर्राष्ट्रियकरण गर्नु आवश्यक भएको बताएका हुन् ।

झथारू संस्कृतिलाई गौरवपूर्ण बनाअ‍ौं र यसको अन्तर्राष्ट्रियकरण गरौं,ञ उनले भने, झथारू संस्कृति यो प्रदेशको ठूलो सम्पति हो, यसलाई मास्न दिनुहुँदैन ।ञ थारू समुदायको घरको भित्तामा महिलाहरूले बनाउने चित्र सम्पति भएकोले त्यसलाई मासिन नहुने मुख्यमन्त्री कार्कीले आग्रह गरेका छन् ।

झथारू संस्कृति, समाजको कथा र व्यथा झल्किने भित्ता भएको घरलाई थारू होमस्टे बनाएर बाहिरबाटआएका मान्छेलाई मेजवानी राखौं,ञ उनले भने, झहोमस्टेमा आउने पाहुनालाई थारू परिकार, नृत्य, गीत, कथा, कहानी, गौरवमय इतिहास सुनाउनुका साथै चित्रकला, थारूको ग्राम थानलगायतका संस्कृतिको अध्ययन गराउनु पर्छ जसले थारू संस्कृतिका साथै प्रदेश र देशको गौरव बढाउँछ ।ञ

प्रदेश सरकारले सम्पूर्ण थारू, राजबंशीलगायतका आदिवासी, जनजाति, अल्पसंख्यकको भाषा, संस्कृति संरक्षण, सम्बर्धन, अध्ययन, अनुसन्धान र विकासका लागि फाल्गुनन्द भाषा, संस्कृति अध्ययन प्रतिष्ठान गठनका लागि बजेट विनियोजन गरेर काम अघि बढाएको उनले बताएका हुन् ।

महाभारतकालको पौराणिक ईतिहास बोकेको बर्जु पछि परेकोले प्रदेश सरकारले विराटनगरसँग जोडेर सहरको रूपमा विकास गर्न केसलीयाको दुबै किनारमा सडक निर्माण गर्न गइरहेको मुख्यमन्त्री कार्कीले बताएका छन् ।

प्रकाशित मिति : माघ ९, २०८० मंगलबार  ६ : १० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]