जेष्ठ ५, २०८१ शनिबार

शिवसताक्षीमा प्रथम आदिवासी ऐतिहासिक फुटबल प्रतियोगिता सुरु

उद्घाटन खेलमा कमल सुनारा विजय

शिवसताक्षी । झापाको शिवसताक्षीमा आदिबासी ऐतिहासिक फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ४ बोलोचोक पश्चिमको खेल मैदानमा आजबाट प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन खेलमा कमल सुनारा विजयी भएको छ । ट्राइवेकर कोरोबारीलाई ३–४ गोल अन्तरले हराउँदै कमल सुनारा विजयी भएको वडा नं. ४ का वडाध्यक्ष विष्णु प्रसाईले जानकारी दिए । निर्धारित समयमा कुनै पनि गोल हुन नसकेपछि खेल ट्राइवेकरमा धकेल्लिएको थियो ।

प्रतियोगिताको संघीय सांसद एलपी साँवा लिम्बुले उद्घाटन गरेका हुन् । उद्घाटनका क्रममा बोल्दै साँवाले खेल स्वास्थ्य र राष्ट्रिका लागि हुने भएकाले शिवसताक्षी खेलका लागि अग्रणी स्थान रहेको बताए । यहाँ कुनै न कुनै खेल प्रत्येक महिना हुने गरेको छ । शिवसताक्षीबाट खेल सुरु गरेर धेरै खेलाडीहरु राष्ट्र स्तरका प्रतियोगितामा भाग लिएका छन् । आदिबासी समुदायहरुबीच अहिलेसम्म खेल भएको थिएन, यो चै ऐतिहासिक हुने संसाद साँवाको भनाई छ ।

प्रतियोगिता वडा नं. ४ को आर्थिक सहयोगमा भएको वडाध्यक्ष विष्णु प्रसाईले जानकारी दिए । प्रसाईका अनुसार आजसम्म आदिवासी समुदायहरु बीच यसरी प्रतियोगिता गराइएको थिएन । वडा नं. ४ मा आदिबासी समुदायहरुको बाहुल्य रहेकाले पनि आदिवासी ऐतिहासिक फुटबल प्रतियोगिताको आयोजना गरिएको हो । उनले भने, यो ऐतिहासिक रहने छ ।

प्रतियोगितामा विजेता टिमले नगद ३१ हजार र उपविजेता टिमले नगद २१ हजारसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा १९ टिमले सहभागिता रहेको वडा नं. ४ को कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : माघ १०, २०८० बुधबार  ८ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]