जेष्ठ ४, २०८१ शुक्रबार

गठबन्धनबाट कोशीमा सिटौला विजयी

विराटनगर : कोशी प्रदेशको अन्यतर्फको कलस्टरबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन् ।

राप्रपाका उम्मेदवार उद्धव पौडेललाई हराउँदै उनी निर्वाचित भएका हुन् । प्रदेशसभाका ९३ सदस्यमध्ये सिटौलाले ४५ मत पाए भने राप्रपा उम्मेदवार पौडेलले ४७ मत पाए । सत्तारुढ गठबन्धनको प्रदेशसभामा ४७ मत भएपनि २ जनले सिटौलालाई मत दिएनन् । एक मत भने बदर भएको थियो ।

स्थानीय तहतर्फ सिटौलाले १५३ मत प्राप्त गरे भने राप्रपा उम्मेदवार पौडेलले १०९ मत प्राप्त गरे । स्थानीय तहतर्फ ४ मत बदर भएको छ । सिटौला पाँच हजार दुई सय ९२ मतभारसहित निर्वाचित भएका हुन्। कोशीमा नेकपा एमाले र राप्रपा गठबन्धनबाट राप्रपाका उद्धव पौडेल पराजित भए। उनले चार हजार पाँच सय ६२ मतभार ल्याएका छन्।

प्रकाशित मिति : माघ ११, २०८० बिहीबार  ५ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]