बैशाख २०, २०८१ बिहीबार

टोलटोल मै सामाजिक सुरक्षा भत्ता पुर्याउदै बिर्तामोड ७

बिर्तामोड, १६ माघ । बिर्तामोड नगरपालिका वडा नम्बर ७ ले सामाजिक सुरक्षा भत्ता वितरण प्रक्रियालाई सहज बनाएको छ । बैंकसम्म पुगेर भत्ता लिन ज्येष्ठ नागरिकलाइ असहज भएको भन्दै वडा नम्बर ७ ले टोल टोलमा पुगेर वितरण गर्न सुरु गरेको हो ।

एक्सल डेभलपमेन्ट बैंक गरामनी शाखासंगको सहकार्यमा टोलटोलमा पुगेर भत्ता वितरण गरिएको वडाअध्यक्ष अविरल कृष्ण खरेलले जानकारी दिनुभयो । उहाँले टोल विकास संस्थाका पदाधिकारी तथा सदस्यहरुलाई  आवश्यक सहयोग गरिदिन आग्रह पनि गर्नु भयो ।

टोलमै आएर भत्ता वितरण गर्दा आफुहरुलाई सहयोग पुगेको भन्दै ज्येष्ठ नागरिकहरु खुशी भएका छन् ।

वडा नम्बर ७ मा सबै प्रकारका गरि करिब आठ सय जनालाई भत्ता वितरण हुँदै आएको छ । आइतबार बाह्रघरे डाँडा गाउँ टोलका २२ जनालाई वितरण गरिएको जनाईएको छ । वडा नम्बर ७ मा २४ वटा टोल विकास संस्था रहेका छन् ।

प्रकाशित मिति : माघ १६, २०८० मंगलबार  ९ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]