बैशाख २०, २०८१ बिहीबार

कोशीमा माओवादीले माग्यो मुख्यमन्त्रीको राजीनामा

विराटनगर – नेकपा माओवादी केन्द्रका सांसदहरुले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको राजीनामा माग गरेका छन् । कोशी प्रदेश सभामा टेबल भएको सङ्कल्प प्रस्तावको छलफलमा बोल्दै सांसदहरुले मुख्यमन्त्री अल्पमतमा परेकाले राजीनामा दिनुपर्ने बताए ।

नेकपा माओवादी कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङवोले सङ्कल्प प्रस्तावको पक्षमा रहेको बताउँदै मुख्यमन्त्री अल्पमतमा परेकाले राजीनामा दिनु पर्ने बताए । उनले ३० दिन भित्र विश्वासको मत लिनुपर्ने बताए ।

संवैधानिक इजलासले धारा १६८ ९५० अन्तर्गत सरकारलाई दिएको समर्थन व्यक्ति या दलले समेत फिर्ता लिन पाउने व्याख्या गएकाले आफूहरूले समर्थन लिएको बताए । उनले भने, ‘सरकार कहाँबाट जन्मिन्छ रु सरकार त संसदट जन्मिने होइन रु संसदले सरकार जन्मिन्छ भने सांसदले निर्देश गरेपछि मुख्यमन्त्रीले निर्धारित समय भित्र मार्ग प्रशस्त गर्नु पर्छ ।’

यस्तै माओवादीका सांसद नारायण मगर, गोम्बु शेर्पा, गीता तिम्सिना र सपना दर्जीले छलफलमा भाग लिँदै मुख्यमन्त्री केदार कार्कीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने धारणा राखेका थिए ।

प्रकाशित मिति : बैशाख ७, २०८१ शुक्रबार  ४ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]