जेष्ठ ६, २०८१ आईतबार

महानिरीक्षकको निर्देशनपछि हेल्मेटको निर्णयबाट ‘ब्याक’

बिर्तामोड । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको निर्देशनपछि महानगरीय ट्राफिक प्रहरी महाशाखा मोटरसाइकलमा पछाडि बस्ने यात्रुले हेल्मेट अनिवार्य लगाउनु पर्ने पूर्वनिर्णयबाट पछि हटेको हो ।


स्रोतका अनुसार नागरिकको बिरोधबीच यस्तो काम उपयुक्त नहुने भन्दै खनालले निर्णयबाट पछि हट्न दिर्नेशन दिएका थिए । नागरिकको तर्फबाट सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै चर्काे बिरोध भएपछि महाशाखाले काठमाडौं उपत्यकामा दुई पांग्रे सवारीमा यात्रुले पनि अनिवार्य हेलमेट लगाउनुपर्ने योजना तत्काल कार्यान्वयन नहुने स्पष्ट पारेको छ ।


ट्राफिक महाशाखाले ट्वीटरमा एक सन्देश सार्वजनिक गर्दै दुई हेलमेट योजना तत्काल कार्यान्वयनमा नआउने जानकारी दिएको हो । यसअघि महाशाखाले आइतबार पत्रकार सम्मेलन गरी दुर्घटना न्युनिकरण गर्न चालकका साथै यात्रुले पनि अनिवार्य हेलमेट लगाउनुपर्ने नियम ल्याउन लागेको जानकारी दिएको थियो ।

प्रकाशित मिति : जेष्ठ ६, २०७६ सोमबार  ५ : १० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]