बैशाख २०, २०८२ शनिबार

बन्द हुदै धन्दावाला होटल

विर्तामोड । प्रहरीले विकृतिजन्य गतिविधि गर्ने होटलमा निरन्तर छापा मारिरहेको छ । इलाका प्रहरी कार्यलय अनारमनीले बारम्बार छापा मार्ने गरेपछि केहि होटल बन्द भएका छन् । व्यवसाय बन्द गरेर केहि व्यवसायी पलायन नै भएको सोहि क्षेत्रमा होटल सञ्चालन गरेर बसेका व्यवसायीको भनाई छ ।

प्रहरी कार्यलय अनारमनीबाट त्यस्तो गतिविधिमा संलग्न भएका ९ जनालाई सोमवार मात्र छोडेको थियो । त्यसैको एक दिनअघि सात जनालाई नियन्त्रणमा समेत लिएको छ । विर्तामोडको बसपार्क क्षेत्रमा रहेका केहि होटल बाहेक अधिकांश होटल प्रायः प्रहरीको निगरानीमा छन् ।

प्रहरीले तिब्र रुपमा निगरानी गर्नुभन्दा पहिले राम्रो व्यापार भइरहेको छ भन्नेहरु अहिले व्यवसाय नै धरासयी भएको बताइरहेका छन् । नाम नखुलाउने शर्तमा उनीहरुले भनेका छन्,–अहिले बोनी समेत नहुने अवस्था छ । प्रहरीले निगरानी गरेपछि व्यवसाय राम्रो छैन भन्नुले पहिले यौनधन्दा कै कारण व्यवसाय टिकेको स्पष्ट भएको छ । विर्तामोड बसपार्कमा आधा दर्जन होटल बन्द भएको प्रहरीको सूचनामा छ । यौनजन्य गतिविधिमा कडाइ गरेपछि व्यवसायी पलायन नै भएको बुझिएको छ ।

इप्रका अनारमनीका प्रमुख डिएसपी कृष्ण कोइरालाले मर्यादित भएर व्यापार गर्नेलाई केहि समस्या नभएको बताएका छन् । उनले गलत गर्नेको बन्द हुनु स्वभाविक भएको प्रतिक्रिया दिए । यस्तै होटल व्यवसायी संघ झापामा अध्यक्ष भोला उप्रतीले गलत गतिविधि गर्ने होटल बन्द नै हुनुपर्ने बताउँछन् । उनले प्रहरीको कामप्रति संघ सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । राम्रो काम गर्नेलाई प्रहरीले केहि गर्दैन,उनले भने– त्यहाँ प्रहरीले दुःख दिए संघलाई ध्यानाकर्षण गराए हुन्छ ।

प्रहरीका अनुसार लक्ष्मीपुर नजिकै रहेको एकान्त होटल बन्द नै भयो । अहिले त्यहाँ होटल छैन,–प्रहरीले भने । हालै दुइ जनालाई प्रहरीले मानव बेचविखन तथा बन्दक बनाएको जाहेरीका आधारमा कारागार नै पु¥यायो । पीडितहरुको जाहेरीका आधारमा एवन होटल र फिदम पाँचथर होटलका सञ्चालक राजकुमार सिटौला,सिता तिम्सिना कारागारमा छन् । महंगो भाडा तिरेर बसेका व्यवसायी खाजा बेचेर मात्र होटल सञ्चालन गर्न नसकेपछि धमाधम बन्द गर्दैछन् ।

भारतीयसहित सात नियन्त्रणमा

प्रहरीले यौनजन्य क्रियाकलापमा संलग्न भएको आरोपमा तीन भारतीय र दुई नेपाली युवतीसहित सात जनालाई नियन्त्रणमा लिएको छ ।

उनीहरुलाई झापाको बिर्तामोड नगरपालिका–१ स्थित भ्यू पोइन्ट होटल एण्ड लजबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । सामाजिक मर्यादाविरुद्धका बिकृति फैलाउने कार्य भएको स्थानीयको गुनासोको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरी टोलीले छापा मार्दा उनीहरुलाई आइतबार बेलुका नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए । प्रहरीले होटलबाट नियन्त्रणमा लिएका भद्रपुर नगरपालिका–६ का २७ वर्षीय प्रनेश अधिकारी, भारत किसनगञ्ज बिहारका ३२ वर्षीय विनय दास, सोही ठाउँका २० वर्षीय अनवर राईन, २८ वर्षीय आशिक आलम, इलाम माईजोगमाई–४ का २४ वर्षीय प्रकाश बिक, पाँचथर रानीगाउँ–६ की १९ वर्षीय सुष्मा लिम्बु र इलाम माई नगरपालिका–९ की २० वर्षीया रोशनी तामाङ रहेको प्रहरी नायव उपरीक्षक बस्नेतले जानकारी दिए । नियन्त्रणमा लिएकाहरुलाई जिल्ला प्रशासन कार्यालय झापाबाट म्याद गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । झापाका होटलमा यौनजन्य गतिविधि बढेको भन्ने स्थानीयको गुनासो आधारमा प्रहरीले निगरानी बढाएको जनाइएको छ ।

प्रकाशित मिति : बैशाख ११, २०७६ बुधबार  २ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]